पराशर भट्टराई
अलिक अनौठो किसिमको व्यवहार । चञ्चल स्वभाव झल्किने ।अरुका माझमा अडिन नजाने जस्तो एकान्तवास सरह घरको बसाई । चौविसै घन्टा घरको मुल गेट बन्द । घरमा आमा र छोरा मात्र घरी रोए कराए झै, घरी खित्का छाडेर हांसे झै आवाज आईरहन्छ । आफ्नो सन्तान नभएर धर्मपुत्रको रुपमा पालेको छोरो भए पनि उनीहरु आमा छोराबीच अगाढ आफ्नो पन झल्कन्छ ।
घरमा धर्मपुत्र भित्र्याएर आमा छोरालाई घर जिम्मा दिई उनको श्रीमान् आफ्नो पेशाले गर्दा टाढा बसिरहेका हुन्छन् । घरमा पालेको छोरा दिन प्रतिदिन हुर्कदै जान्छ । बोली राम्रो नफुटी धर्मशालाबाट ल्याएको नानी क्रमशः कक्षा दशमा पढ्न पुग्छ । चौडा छाती, अग्लो, गोरो वर्णको उ आफैमा झन्डै हिरोभन्दा कम थिएन । उसमा क्रमशः नारी मोह पनि बढीरहेको हुन्छ । उता घरको मूली अर्थात् उनका बाबा पनि शान्ति सेनामा भाग लिन झन्डै पाँच बर्षको लागि विदेश जाने निर्णय सुनिन पुग्छ । र घरै नआई सोझै उनी विदेशतर्फ लाग्दछन्।
यता उनकी ममी अर्थात् घर माल्किनीमा पुरुषमोह बढ्न थाल्दछ ।लामो समय श्रीमान घर नआऐर छट्पटीएकी उनी आफ्नै धर्मपुत्रको शारीरिक वृद्धितर्फ मोडिन थाल्दछिन्। एक अकामा रहेको आमा छोराको सम्बन्धलाई उनले मनमा लिए पनि त्यसलाई तोड्न चाहना गर्न थाल्छिन् । एक दिन जब छोरो विद्यालयबाट घर आईपुग्छ । उनले त्यसलाई एकदमै नजिक ल्याई अकंमाल गर्न पुग्छिन्।
भर्खरको सोह्रबर्षे ठीटो एउटा महिलाको अंकमालले नतमस्तक बन्न थाल्छ । त्यतिकैमा त्यस गाउँमा अचानक एउटा आवाज सुनिन पुग्छ । जुन घरमा आमा छोरा बनेर बसेका थिए त्यसै घरकी महिला र धर्मपुत्र घर छोडेर लगनगाँठो गाँसी अरुतिरै बस्न थालेछन् । यता श्रीमान् भने अर्काको छोरालाई श्रीमती जिम्मा लगाएकोमा पछुताई रहेका हुन्छन् ।