व्याडमिन्टनको सेमिफाइनल सम्पन्न

विराटनगर । विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलका खेलहरु मंगलबार सम्पन्न भएका छन् ।

उपाधिका लागि बुधबार प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ नेपाल पुलिसका विष्णु कट्वालले आर्मीका रुकेश महर्जनलाई २१–७ र २१–१९ ले पराजित गरे भने आर्मीका नवीन श्रेष्ठले आर्मीकै दिवस शंकरलाई २३–२१ र २१–१० ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । मेन्स डबलतर्फ आर्मीका नवीन श्रेष्ठ र सरोज महर्जनको जोडीले बिबिएका प्रियांसुसिंह क्षेत्री र पेम्बा शेर्पाको जोडीलाई २१–१३ र २१–१२ ले हराए । बुढासुब्बाका सुरज श्रेष्ठ र प्रनिशसिंह ठकुरीले आर्मीका प्रवीण लिङथाप र रुकेश महर्जनको जोडीलाई २१–१९, १३–२१ र २१–९ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे ।

उमेन्स सिंगलतर्फ मोरङकी सीमा राजवंशीले आर्मीकी अमिता गिरीलाई २१–१३ र २१–८ ले पराजित गरिन् भने आर्मीकी अनुमाया राईले मोरङकी निता लम्साललाई २२–२० र २१–१२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । त्यसैगरी मास्टर डबल ४५ वर्षमाथि मोरङका डिल्लीराम डाँगी र इन्द्र योङहाङको जोडीले सुनसरी एकेडेमीका सुरेश कार्की र श्याम लामाको जोडीलाई २१–८, ११–२१ र २१–१२ ले पराजित गरे ।

बिबिसीका सन्दीप श्रेष्ठ र श्रीप्रसाद धिमालको जोडीले ललितपुरका सुनिलमान शाक्य र पूर्णभक्त चित्रकारको जोडीलाई २१–१४ र २१–१८ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । यस्तै मास्टर डबल ५५ वर्षमाथि सुनसरीका तुलसी सुवेदी र भोजराज राखलको जोडीले पोखराका रमेश भट्टचन र विष्णुलाल श्रेष्ठको जोडीलाई २१–१९ र २१–१० ले पराजित गरेका छन् ।

खोटाङका दीपक राई र कीर्तिमान राईको जोडीले बिबिसीका श्याम लामा र बलबहादुर मगरको जोडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे ।

मङ्गलबार, १३ फागुन, २०७६, रातीको ०९:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर