बलात्कार आरोपी पक्राउ

इटहरी । सुनसरीको इटहरी घर भएकी एक महिलालाई काठमाडौं बोलाएर बलात्कार गर्ने दुई जना पक्राउ परेका छन् ।

पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि आरोपित दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका १ स्थायी ठेगाना भई काठमाडौंको बूढानीलकण्ठ ६ बस्ने ३४ वर्षीय विशाल संग्रौला र ३५ वर्षीय सुवास संग्रौलालाई पक्राउ गरिएको हो । उनीहरुलाई बूढानीलकण्ठबाटै पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तका प्रमुख (डीएसपी) उमेश लम्सालले जानकारी दिनुभयो ।

पीडित महिलालाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ गणेशचोकस्थित सुवास संग्रौलाको घर र भक्तपुरको एक रिसोर्टमा लगेर सुवास र विशालले बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ । सामाजिक सञ्जालमा साथी बनाएर जागिर दिन्छु भन्दै काठमाडौं बोलाएर विभिन्न बाहानामा पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका उनीहरू विरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मङ्गलबार, १३ फागुन, २०७६, रातीको ०९:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर