काठमाडौं । मंगलबार साँझ सामाजिक संजाल तथा विभिन्न अनलाइन छापामाध्यममा नेपाल विद्युत् प्रधिकरणमा कुलमान घिसिङ्को पुनर्नियुक्ति भएको भन्दै आएका कुराहरु असत्य भएको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।
मंगलबार मन्त्रिपरिषदको बैठकमा यो विषय एजेण्डामा समेत नरहेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।
उर्जामन्त्रालय स्रोतका अनुसार आजको मन्त्रिपरिषदको बैठकमा कसैकाबारेमा पनि सिफारिशसमेत गएको छैन ।
उर्जामन्त्री वर्षमान पुनका अनुसार रिक्त हुँदै गरेको पदका बारेमा आवेदन खुल्ला गरिएको छ । ति मध्यबाट मन्त्रिपरिषदमा सफिारिश भएर पठाउने प्रक्रियामै उर्जामन्त्रालय छ ।
दैनकि १८ घण्टासम्म लोडसेडिङ् भोग्ने गरेको नेपालमा घिसिङ्ले लोडसेडिङ्मुक्त बनाएका थिए । अहिले पनि उनैलाई दोहोर्याउनुपर्ने जनमत छ ।
– खबरडबलीबाट साभार