विराटनगर । ‘मल वितरण गर्दा पनि विरोध गर्ने कांग्रेसीहरु हुन्, यिनीहरुले प्रतिपक्षीको धर्म निभाए’, कानेपोखरी–५ भौंसाबारीमा मल वितरण गर्ने क्रममा हो हल्ला भएपछि वितरणमा खटिएका साल्ट ट्रेडिङका एक कर्मचारीले भने ।
चर्को घाममा लाइनमा बसेर मलको प्रतिक्षा गरेका किसानले दिउँसो ३ बजेसम्ममा पनि मल पाएनन् । पाउनेलाई पनि ११ किलो मल लिएवापत १ सय रुपैयाँको ४ किलो सुपर फास्फेट (एसएसपी) मल र अर्को १ सय रुपैयाँको ३ डल्ला साबुन भिराइयो ।
युरिया मल पाउने हल्लाभएपछि बिहानैदेखि सो वितरण केन्द्रमा झण्डै ६ सय किसानको भिड लागेको थियो । तर, त्यस केन्द्रबाट ३ सय जनाभन्दा बढी किसान रित्तो हात फर्कन बाध्य भए ।
कानेपोखरी–५ भौसाबारीका कतिपय किसानलाई लाइनमा बसेपछि ११ किलो युरिया मल त दियो । तर, ४ किलो एसएसपी मल र ३ डल्ला साबुन पनि भिराइदियो । युरिया मात्रै लान्छु भन्दा पनि यो लानैपर्ने भन्दै जबर्जस्ती भिराइदिए । कतिपयलाई ३५ रुपैयाँ एमआरपी लेखेको साबुनको २ डल्ला दिएर १ सय रुपैयाँ लिएको स्थानीय बताउँछन् । पछि विरोध भएपछि पुनः ३ डल्ला साबुन दिइएको थियो । कतिपय किसानले वर्तमान कृषिमन्त्री घनश्याम भुषालको विरुद्धमा नाराबाजी समेत गरेका थिए । ‘अहिलेको कृषिमन्त्री क्रान्तिकारी हो, किसानको मर्म बुझ्छ भन्थे होइन रहेछ,’ स्थानीय भेषराज आचार्यले भन्नुभयो, ‘११ किलो युरिया दिएर जबर्जस्ती सेटिङमा आएका अर्को मल एसएसपी भन्ने दिएको छ, अनि साबुन पनि भिराएको छ ।’
मोरङ कानेपोखरी–६ का लालबहादुर सुवेदीको एक विगाहामा धानखेती छ । धान बाली सप्रिदै गएको भएपनि युरिया मल हाल्न नपाउँदा धान पहेंलो भएको छ । ‘मल बाँड्ने जानकारी पाएपछि मंगलबार मातृभूमि कृषि सहकारीमा लाइनमा बसेको थिएँ,’ उहाँले भन्नुभयो, ‘दिउँसो १ बजेसम्म बस्दा पनि मल पाउन सकिँन ।’ खाना खनाइ बिहानै मल पाउने आशामा तातो घाममा भोक, प्यास लाइनमा बसेपनि मल नपाएको उहाँको गुनासो छ ।
‘यतिबेला धानमा युरिया मल नहाल्दा उत्पादन घट्छ,’ उहाँले भन्नुभयो, ‘उत्पादन घट्दा लगानी खेर जाने भयो ।’ कानेपोखरी–६ सुन्तलीका डम्बर नेपालीले युरिया मल पाउने आशाले आठ घण्टा लाइनमा बस्दा पनि नपाएको गुनासो गर्नुभयो । ‘सहकारीमा युरिया मल आएको जानकारी आएपछि मंगलबार ६ बजे लाइनमा आएर बसेको थिएँ,’ उहाँले भन्नुभयो, ‘९ बजेदेखि मल वितरण गर्न सुरू गरेको थियो । दिउँसो १ बजे पालो आउन लाग्दा मल सकियो भन्दै सहकारीको सटर तान्दै बन्द ग¥यो ।’
यसरी मल लिन चार घण्टा लाइनमा बसेर नपाउने लालबहादु र डम्बर मात्र होइन् । मंगलबार विहानदेखि कोनेपोखरी गाउँपालिकामा मल वितरण गर्ने कृषि सहकारीमा कृषकहरू भीड लागेको थियो । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कुनै प्रभाव नगरि मल लिन गएका कृषक खाली हात फर्किन बाध्य भए ।
मातृभूमि कृषि सहकरीका संचालक तथा विक्रेता लक्ष्मी प्रसाद बास्कोटाले साल्ड टे«डिङले कम मल दिएको कारणले सहकारीमा आएका सबै कृषकलाई मल पु¥याउन नसकेको बताउनु भयो । ‘१ सय बोरा युरिया मल साल्ड ट्रडिङले दिएको थियो,’ मंगलबार विहानदेखि एक जना किसानलाई १० किलोको दरले बाँड्दा बाँड्दै सकियो ।’
कानेपोखरी ४ केरौनकी शोभा रिजालले दश घण्टा लाइनमा बसेर १० किलो युरिया मल पाएको बताउनु भयो । ढेड बिगा जमिनमा १० किलो मलले एक छेउ पनि नपुग्ने उहाँले बताउनु भयो । ‘स्थानीय रमाइलो बजारमा रहेको सहकारीमार्फत मल आएकोले बाँढ्ने जानकारी पाएको थिए,’ उहाँले भन्नुभयो, ‘मंगलबार सबेरै मल वितरण गर्ने सहकारीमा आएको थिएँ । मल लिन आफुै जस्तै अरू किसानको भीड लागिसकेको रहेछ ।’ मंगलबार बिहान सबेरै लाइनमा बसेर १२ बजे यूरिया मल पाएको उहाँले सुनाउनु भयो ।
‘धान रोपेपछि हरियो फिर्ने बेलामा मल लगाउनुपर्ने थियो,’ उहाँले भन्नुभयो, ‘ढिलो मल आयो । त्यो पनि पर्याप्त मात्रमा पाइँदैन रहेछ ।’ समयमै युरिया मल धान खेतमा हाल्न नसक्दा धानको गाबो मर्न थालेको उहाँको भनाइ छ ।
यता, साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले कम मल आएकोले सहकारीहरुलाई सामानुपाति रूपमा वितरण गरेको बताउनु भयो । पूर्वाञ्चलका लागि मात्रै अहिलेसम्ममा ५ हजार ६ सय मेक्ट्रिन यूरिया मल आउनुपर्ने थियो । तर, अहिलेसम्म ३ सय ४५ मेक्ट्रिन मात्र युरिया मल आएको उहाँको भनाइ छ । आएको मध्ये ३४ वटा सहकारीलाई १ सय बोराको दरले वितरण गरेको उहाँले बताउनु भयो । बाँकी रहेको मल अन्य सहकारीलाई वितरण गरिने तयारी गरिएको उहाँको भनाइ छ ।
उहाले युरिया लैजाने किसानलाई जबर्जस्ती एसएसपी मल र साबुन किन्न बाध्य नपारिएको बताउनु भयो । ‘इच्छा हुनेले लगेका छन्, इच्छा नहुनेलाई जबर्जस्ती भिराइएको छैन,’ चौधरीले भन्नुभयो, ‘कोरोनाको समयमा मिचिमिचि हात धुनुपर्छ, सुरक्षाको लागि साबुन लानुहोस् भनेर अनुरोध मात्रै गरेको होला, त्यसरी जबर्जस्ती गरिएको होइन ।’
उहाँले ३५ रुपैयाँ एमआपी लेखिएको साबुन ५० रुपैयाँमा विक्री गरिएको पाइए जो कसैलाई कारबाही हुने पनि बताउनु भयो । ‘लकडाउनको बेलामा किसानलाई सजिलो होस् भन्ने चाहनाले साबुन पनि दिएका हौं, हातधुएर आए भने राम्रो हुन्छ भनेर मात्रै हो, काहाँ के हुन्छ हामीले सबै कन्ट्रोल गर्न सक्दैनौं,’ चौधरीले भन्नुभयो, ‘कसैले ३५ को सट्टा ३६ रुपैयाँ लिएको रहेछ भनेपनि कारबाही हुन्छ, त्यो सम्बन्धीत वितरकले बद्मासी गरेको हो ।’
साल्ट्र टेनिङ्गको क्षेत्रिय कार्यालयले प्रदेश १ र २ नम्बर प्रदेशको सप्तरी र सिराहाको जिल्लामा गरि २ सय ६४ सहकारीलाई मल दिने गरेको छ । हिंजो (सोमबार)देखि विरतण सुरु गरिएको मलमध्ये दुई दिनमा २ सय ७३ दशमलव ७५ मेट्रिकटन युरिया वितरण भएको साल्ट ट्रेडिङ विराटनगरले जनाएको छ । जसमध्ये मोरङ र सुनसरीमा १ सय ६५ मेट्रिक टन, राजविराजमा ५५ मेट्रिकटन, झापामा ५० मेट्रिकटन र धनकुटामा ३ दशमलव ७५ मेट्रिकटन युरिया मल वितरण भइसकेको छ ।
salt treding le jabarjasti ssp ra sabun na vidayeko vaye sahakari le pani jabar jasti kishan lai vidaune rahar hudaina 5600 metrek ton khapat hune thau ma 345 matra bitaran garda sochnuhos aba sahakari le kati paula ra kishan lai kati dinxa hola sahakari le aafai ta urea banaudaina hola
साल्ट्रेडिंग ले जबरजास्ती एसपी र सबुन नभिडाएकाे भए सहकारि ले पनि जबर जस्ती किसानलाइ भिडाउने रहर हुदैन 5600 मेट्रेक टोन खपत हुने ठऊ मा 345 मात्रा बितरण गर्दा सोच्नुहोस अब सहकारी ले किसान लाइ कति बाढ्ला सहकारी ले अाफै उत्पादन त गर्दैन 600 किसान लाइ 100 बाेराले कति पुग्ला 100 वाेरा सकेर सहकारी ले कहा देखी ल्याउने
साल्ट्रेडिंग ले जबरजास्ती एसपी र सबुन नभिडाएकाे भए सहकारि ले पनि जबर जस्ती किसानलाइ भिडाउने रहर हुदैन 5600 मेट्रेक टोन खपत हुने ठऊ मा 345 मात्रा बितरण गर्दा सोच्नुहोस अब सहकारी ले किसान लाइ कति बाढ्ला सहकारी ले अाफै उत्पादन त गर्दैन 600 किसान लाइ 100 बाेराले कति पुग्ला 100 वाेरा सकेर सहकारी ले कहा देखी ल्याउने