डा. बालकृष्ण साह
एक दिन राम बहादुरलाई निकै छाति दुख्यो । ४० वर्षीया उच्च तहका नेतृत्वलाई एक्कासी छाति दुखेपछि तुरुन्त अस्पताल लगियो ।
रगतको परीक्षण, ईसिजी, छातिको एक्स–रे, इकोकार्डियोग्राफीले मात्रै भएन एन्जियोग्राफी पनि गरियो । उनको मुटुमा समस्या रहेको पत्तालाग्यो । तुरुन्त मुटुको शल्यक्रिया गर्नुपर्ने सल्लाह दियो ।
मुटुको अप्रेसनका लागि अस्पतालमा शल्यकक्ष बनाईयो । अति आधुनिक मेसिनहरुका लागि रातारात टेण्डर गरियो । समान खरिद भयो, अस्पतालमा जडान गरियो ।
शल्यक्रियाका लागि रगत, औषधीलगायत अन्य आवश्यक सामग्री पनि व्यवस्थापन गरियो । तर मुटुको शल्यक्रिया कसले गर्ने ?
यस्तो मुटु त कति खोलियो खोलियो भन्दै धेरै आए । आएको मध्ये केहिलाई राखेर विज्ञ समिति बनाईयो र शल्यक्रिया गर्ने तयारी गरियो ।
शल्यक्रिया शुरु भयो । बेहोस गर्ने विज्ञ समुहले राम बहादुरलाई बेहोस बनायो । शल्यकक्षबाट लाईभ हुँदै थियो । धेरैले समाजिक सञ्जालमा सेयर गरिरहेको थियो ।
मुटुको शल्यक्रिया शुरु भयो । बेला बेलामा अवस्था पनि भन्दैमा थियो । समाजिक सञ्जलमा कसैले शुभकामना त कसैले आलोचना गर्दै थियो ।
६ घण्टा लगाएर मुटुको शल्यक्रिया गरियो । मुटुका विज्ञहरूले मुस्कानसहित शल्यक्रिया सफल भएको घोषणा गरे ।
अप्रेसन त सफल भयो तर बेहोस गरिएको रामबहादुरको होस आएन । मुटुको शल्यक्रियाका लागि मेडिकल टिम बनाए पनि बेहोसका लागि ध्यान दिईएको रहेनछ । उनलाई बेहोस गर्ने एनेस्थेसियोलोजिष्ट रहेनछ र उनलाई अयोग्यले बिहोस गरेको रहेछ र सोहि बेहोस गर्ने क्रममा मृत्यु भएको रहेछ ।
हाम्रो समाजमा अहिले यस्तै छ । अहिले सबै कोरोनामा केन्द्रित छौ । कोरोनालाई जितौला । तर भोक, बेरोजगार, अन्य रोग अनि समाजिक बितृष्णाले पो मर्छौ कि ?
समसामयिक विषयको लेखले मानिसलाई पक्कै सचेत बनाउने छ ।
कोरोनाको वास्तविक औषधि अस्पताल गए नि एक्सपेरिमेन्ट नै रहेछ उल्टो रेखदेख गर्ने साथै न्युट्रेसनल डाईट नपाएर अझै चाडो बिरामी मरेको देखियो।घरमा बस्यो सबै को कुरा सुन्दा सुन्दा यो खाउँ त्यो खाउ ।गुर्जो खाउ बेसार खाउ लसुन खाउ उता के खाउ एता के खाउ सबैले एक्सपेरिमेन्ट गर्दा गर्दै बिरामी चै उता चिलिम फर्की सक्छ कोरोनाले। राम बहादुर हुने हाम्रो पालो भलै हामी भि आई पी नहौला पालो चै हाम्रै हो अब।
को बिज्ञ को नबिज्ञ।