वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २६ का ५८ वर्षे पुरुषको शुक्रबार राति ८ बजे र पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षे पुरुषको शनिबार बिहान ७ बजे मृत्यु भएको हो ।

मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका डकैला बहुअरीका ६१ वर्षीय पुरुषमा निमोनिया देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि अलिी अर्थो ट्रमा सेन्टरमा उपचाररत उहाँमा कोरोना पुष्टि भएपछि कोभिड अस्पताल लगिएको थियो ।

त्यस्तै, शुक्रबार राति ८ बजे मृत्यु भएका अर्का सङ्क्रमित ५८ वर्षेमा मृगौला र मधुमेहका े समस्या थियो । उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि बचाउन नसकेको अस्पतालले जनाएको छ ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ ती मध्ये पर्साका मात्र २७ जना छन् ।

शनिबार, ०६ भदौ, २०७७, बिहानको ११:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर