महोत्तरीमा पौराणिक मूर्ति फेला

महोत्तरीमा पौराणिक मूर्ति फेला

विराटनगर । जनकपुरदेखि केही किलोमिटरको दुरीमा रहेको महोत्तरीमा पौराणिक मूर्ति फेला परेको छ ।

जिल्लाको मनरा सिसवा नगरपालिका वडा नं. ९ बथनाहा स्थित नेपाल भारत सिमा नजिकै नेपाल तर्फको मुसहर टोल निवासी २२ बर्षीय बलिन्दर सदाले दुर्लभ मूर्ति फेला पारेको छ।

बुद्ध को जस्तो देखिने उक्त मूर्ति कुन भगवानको हो भन्ने यकीन हुन सकेको छैन। यता उक्त मूर्ति फिर्ता गराउन नेपाल स्थित सदा को घर मा आईपुगेको भारतीय एसएसबीले सदालाई नियन्त्रणमा लिएको छ ।

आज (बुधबार) कुशे औशी रहेको र कुश उखेल्न सदा सिमा पारी भारतिय क्षेत्रस्थित नदी बगरमा गएकोमा त्यही कुश उखेल्दै गर्दा नदीमा माछा देखेर समातन खोज्दा उनको हातमा दुर्लभ मूर्ति फेला परेको थियो। लगभग एक फिट को उक्त मूर्ति लगभग १५ किलो वजन को छ।

भारतीय क्षेत्रमैं मूर्ति फेला परेपनी मूर्ति भेटे पश्चात केहि बेरसम्म सदा ले उक्त मूर्ति सोही ठाउँमा राखेकोमा कही कसैले केहि दावी नगरे पछि उनले सो मूर्ति आफ्नो घरमा ल्याएको नेकपा युवा नेता सत्येन्द्र यादवले बताए ।

भारतीय सुरक्षाकर्मीले बिना नेपाली सुरक्षाकर्मीलाई जानकारी गराई नेपाली भूमिमा प्रबेश गरि एक नेपाली लाई नियंत्रण मा लिएको मा नेता यादवले आपत्ति जनाएको छ ।

उनले कुन अन्तराष्ट्रीय कानून तहत सदा लाई नेपाली भूमि मा प्रबेश गरि नेपाली सुरक्षा निकाय संग समन्वय नै नगरी नियन्त्रण मा लिएको हो भनी प्रश्न गरेका छन । साथै भारतीय एसएसबी का यस्तै दमन पूर्ण र हेपहा ब्याबहार ले गर्दा सिमाबर्ती नेपाली नागरिक को दृश्टिकोण नकारात्मत हुदै गएको टिप्पणी गरेका छन।

यता, स्थानीय प्रहरी चौकी र शसस्त्र प्रहरीको प्रमुख एसएसबीको क्याम्पमा सदा लाई समातेको बिषयमा सोध खोज गर्न पुग्दा मूर्ति फिर्ता पाए सदा लाई छोड़ने भारतीय एसएसबीले जवाफ दिएका थिए।

यता, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले सदालाई छोडाउन काउन्टर पार्टको छलफल चलिरहेको बताए । उनले मूर्ति को प्रमाण पुग्ने देश संग मूर्ति हुने भएपनि हाल लाई मूर्ति अनुसन्धानको लागि आफ्नै देशमा रहने बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्