विराटनगर । नेपाल राहत शिक्षक समिति मोरङले लकडाउनको समयमा गरिएको शिक्षकको दरबन्दी मिलानप्रति विरोध गरेको छ ।
लकडाउनको समयमा सबै शैक्षिक संस्थाहरु बन्दाबन्दीको अवस्थामा रहेको बेला स्थानीय तहले शिक्षकको दरबन्दी मिलन सुरु गर्नु उपर्युक्त नभएको समितिको दाबी छ ।
भर्ना अभियान सञ्चालन नभएको अवस्थामा दरबन्दी मिलानको काम अघि बढाउनु वैज्ञानिक पनि नहुने उसले जनाएको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै राहत शिक्षक समिति मोरङले नयाँ विद्यार्थी भर्ना नभएको अवस्थामा पुरानै तथ्याङकलाई आधार मानेर दरबन्दी मिलान गर्न वैज्ञानिक नहुने बताएको हो ।
समितिले तत्काल दरबन्दी मिलानको काम नरोके पालिकाहरूमा तालाबन्दी गर्ने नेपाल राहत शिक्षक मोरङका अध्यक्ष अनिलकुमार चौधरी र सचिव लीला आचार्यद्वारा हस्ताक्षति विज्ञप्तीमा उल्लेख छ ।