बीपी प्रतिष्ठानमा एक संक्रमितको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनुषाको ढल्केबर ७ बस्ने ८५ वर्षीया वृद्धा महिलाको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।

धनुषास्थित एक निजी अस्पतालले निमोनिया भएको शंका गरेर साउन २६ गते प्रतिष्ठानमा थप उपचारका लागि रिफर गरेकोमा बृद्धाको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आएपछि ती वृद्धालाई तत्कालै आईसीयु भएको आइसोलेसन वार्डमा भर्ना गरेकोमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

कोरोना संक्रमित भएर प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकामध्ये बिहीबारसम्ममा ६ जनाको ज्यान गइसकेको छ । संक्रमितमध्ये ३ जना प्रदेश नं. २ का हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार, २९ साउन, २०७७, साँझको ०५:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर