करेन्ट लागेर मृत्यु

विराटनगर । मोरङको पथरी शनिश्चरेमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पथरी शनिश्चरे नगरपालिका–२ का २२ वर्षीय राजेश दियालीको शनिबार अपरान्ह मृत्यु भएको हो ।

शनिबार दिउँसो ४ बजे पथरी शनिश्चरे–२ मा रहेको गुहे खोलामा करेन्ट लगाइ माछा मार्नेक्रममा करेन्ट दियाली घाइते भएका थिए । गम्भीर घाइते भएका दियालीको विराटनगरको नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

आइतबार, ११ फागुन, २०७६, रातीको ०९:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर