लेटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बेलबारी । मोरङको लेटाङ नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।

प्रतियोगितामा नगरभरीका २१ वटा माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयहरुमध्ये १७ वटा विद्यालयको सहभागिता रहेको छ ।

खेलकुद प्रतियोगिता विद्यार्थीको क्षमता प्रदर्शन गर्ने उत्कृष्ट ठाउँ भएको बताउँदै नगरप्रमुख शंकर राईले प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई नगरपालिकाले पुरस्कृत गर्नेसमेत जानकारी दिनुभयो । खेल अनुशासनको पर्याय भएकाले सबै विद्यालयले खेलकुदलाई समेत प्राथमिकतामा राखेर शैक्षिक कार्यक्रम अगाडि ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

एथ्लेटिक्सतर्फ १८ खेल हुने र भलिवलसमेत गरि जम्मा १९ खेलमा ३८ वटा प्रतियोगिता भईरहेको आयोजक लेटाङ नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखाका शिक्षा व्यवस्थापन सहायक कृष्ण घिमिरेले जानकारी दिनुभयो । विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीलाई जिल्लामा सहभागिता पाउनेगरी प्रतिस्पर्धा गराइएको घिमिरेले जानकारी दिनुभयो ।

आइतबार, ११ फागुन, २०७६, दिउँसोको ०३:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर