विद्यार्थी भर्ना नलिन हिसानको आग्रह

विराटनगर । महामारीको रूपमा फैलिएको कारोना भाइरस समुदाय स्तरमा देखिएको भन्दै हिसान मोरङले आफ्ना सदस्य विद्यालयलाई कक्षा–११ मा भर्ना नलिन आग्रह गरेको छ ।

हिसान मोरङको बुधबार बसेको बैठकले कोरोनाको महामारीको कारण तत्काल भर्ना प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको हो ।

कोभिड–१९ बाट बच्न र बचाउँन सम्पूर्ण उपायहरु उपनाई अत्यावश्क काम बाहेकबाहिर ननिस्कन सम्पूर्ण अभिभावक तथा विद्यार्थीलाई हिसानले आग्रह गरेको छ । ‘कोरोनाबाट बच्न सावधानी अपनाउनुपर्ने भएकोले घरमै बसिदिनु हुन र शैक्षिक संस्था भिडभाड नगरिदिनुहुन विशेष आग्रह गर्दछौं,’ हिसान मोरङ जारी गरेको अपिलमा उल्लेख छ ।’

कोरोनाको रोकथाम र नियन्त्रण भइ जनजीवन सामान्य बनेपछि भर्ना प्रक्रियाको सूचना जारी गरि जानकारी गराउने हिसान मोरङका अध्यक्ष राजेश कार्कीले जानकारी दिनुभयो ।

बिहिबार, २२ साउन, २०७७, बिहानको ११:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर