संक्रमितको संख्या २० हजार नाघ्यो, थप ३१५ जनामा कोरोना

काठमाडौँ । मुलुकभर गएको २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । शनिबार घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो । योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

शनिबार ६ हजार ३०४ परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा १३ हजार २०१ रहेका छन् ।

शनिबार, १७ साउन, २०७७, दिउँसोको ०४:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर