प्रि–भर्नाको नाममा शूल्क अशुल नगर्न विद्यार्थी संगठनहरुको चेतावनी

विराटनगर । निजी विद्यालयहरुले विद्यालय खुल्नु अगाडि नै विद्यार्थी भर्ना गर्न अभिभावकहरुलाई दवाव दिने कार्य तत्काल रोक्न विद्यार्थी संगठनहरुले आग्रह गरेका छन् ।

शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरुमाथि तनावपूर्ण अवस्था सिर्जना गरी अभिभावकलाई दवाव दिएर शूल्क अशुल गर्ने कार्यप्रति विद्यार्थी संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरुले कुनै पनि शिर्षकमा शुल्क अशुल्ने काम नगर्न सचेत गराएका छन् ।

पछिल्लो समय विराटनगर लगायत मोरङ जिल्लाका विभिन्न भागमा कोरोना भाइरस संक्रमण तिब्ररुपमा फैलिरहेको र अभिभावकहरुसमेत आर्थिकरुपले समस्यामा परिरहेको बेला निजी विद्यालयहरुले जबरजस्ति भर्ना गर्न लगाउने र शुल्क असुल्ने काम गर्न नहुने उनीहरुले बताएका छन् ।

शुक्रबाट अनेरास्ववियु मोरङका सहसंयोजक टेकेन क्षत्री, नेपाल विद्यार्थी संघ मोरङका सचिव दिपेन रौनियार, समाजवादी विद्यार्थी फोरम नेपाल, मोरङका अध्यक्ष महेश यादव, राष्ट्रिय विद्यार्थी संघ, मोरङका संयोजक विपुल झा, नयाँ शक्ति विद्यार्थी युनियन, मोरङका संयोजक रोशन अधिकारी र रा.प्र.विंसंघ मोरङका सुरेश मिश्राले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् । उनीहरले विद्यार्थीहरुको आाग्रह वेवास्ता गरी शुल्क अशुल्ने कार्य नरोकिए जस्तोसुकै कदम चाल्न वाध्य हुने चेतावनी दिइएको छ ।

शुक्रबार, १६ साउन, २०७७, साँझको ०६:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर