विराटनगरको म्याक्स अस्पतालका कर्मचारीलाई पनि कोरोना

विराटनगर । विराटनगर महानगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार साँझ विराटनगरकै म्याक्स अस्पतालका एक पुरुष कर्मचारी र अर्की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले संक्रमित मध्ये ३० वर्षिय पुरूष म्याक्स इन्टरनेशनल अस्पतालका कर्मचारी रहेको सूचना आएको बताउनुभयो । ३० वर्षिय संक्रमित महिला विराटनगर – १५ की हुन् ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । संक्रमित मध्ये ३० जना उपचार पछि डिस्चार्ज भएका छन् । गएको एक सातामा विराटनगरमा ६० बढि कोरोना संक्रमित थपिएका छन् ।

समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा देखिएका अधिकांश नयाँ संक्रमितको ट्राभल हिस्ट्री छैन् । यसैबीच म्याक्स इन्टरनेशनल अस्पतालले भने अस्पतालका कर्मचारीलाई कोरोना संक्रमण नदेखिएको दावी गर्दै अस्पतालमा आएका विरामीलाई कोरोना देखिएको जनाएको छ ।

शुक्रबार, १६ साउन, २०७७, बिहानको ११:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर