प्रदेश १ मा ९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८ जना र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनवर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको छ । प्रदेश १ मा बुधबार ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएकामध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताउनुभयो ।

प्रदेश १ मा अहिलेसम्म ४१ हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

साउन १४, २०७७, साँझको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर