विराटनगरमा समे बज्जी भोज

विराटनगर । रानी युवा क्लब विराटनगरले नेवार समुदायको परम्परागत समे बज्जी भोज आयोजना गरेको छ ।

विराटनगर १५ स्थित क्लब परिसरमा आयोजना गरिएको भोजमा ३ सय ५० जना नेवार समुदायका सर्वसाधारण सहभागी भए ।

भोजका सहभागीलाई बारा, छोइला, समेबज्जी, एलासहित बोडी र सिद्रालगायतका पारम्परिक परिकार खुवाइएको थियो । पारम्परिक समे बज्जी भोजलाई जोगाउने उद्देश्यसहित विगत ४ वर्षदेखि कार्यक्रम आयोजना गर्ने गरिएको आयोजक समितिका अध्यक्ष उदय डंगोलले जानकारी दिनुभयो ।

असोज महिनामा मनाईने इन्द्रजात्राको अवसरमा उपत्यकामा बस्ने नेवार समुदायमा समेबज्जी भोज आयोजना गर्ने प्रचलन रहेको छ । विराटनगरमा भने सबैको अनुकुल हुनेगरी तथा भोजको अस्तित्व संरक्षण गर्ने उद्देश्यसहित भोज आयोजना गर्नेगरिएको आयोजक समितिले जनाएको छ ।

कार्यक्रम अघि संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय लिलामान सिंहको तस्वीरमा माल्यार्पण गरिएको थियो । यसैगरि सुर्दशन, कपिला ट्रस्टका अध्यक्ष सुर्दशनबहादुर श्रेष्ठ र कपिला श्रेष्ठलाई सम्मान गरिएको थियो । उहाँहरुलाई संस्थाका अध्यक्ष उदय डंगोलले दोसल्ला र फुलमालासहित सम्मान गर्नुभयो ।

रानी क्षेत्रमा ५ सय घर बढी नेवार समुदायका परिवारको बसोबास रहेको जनाइएको छ ।

शनिबार, १० फागुन, २०७६, दिउँसोको ०३:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर