विराट एक्स्पो समापन हुँदै

विराटनगर । विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा शुक्रबारका दिन धेरै अवलोकनकर्ताको भीड रहेको थियो ।

उद्योठ संगठन मोरङले ‘आर्थिक विकासको मूल आधार कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको विराट एक्स्पोको शुक्रबार अन्य दिनको तुलनामा दुई गुणा बढी अवलोकनकर्ता आएको आयोजकले जनाएको छ ।

एक्स्पोमा भारतको विहारसँग सीमा जोडिएका ठाउँका साथै मोरङ, झापा, सुनसरी, धनकुटा, इलामलगायतबाट अवलोकन गर्न आएको आयोजकले दाबी गरेको छ । एक्स्पो आयोजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले यस पटक सोचभन्दा बढी अवलोकनकर्ता आउनु हाम्रो लागि गौरवको कुरा भएको बताउनुभयो ।

व्यवसायीहरु पनि पनि विगतको भन्दा व्यवस्थित भएका कारण आफ्नो उत्पादन उपभोक्ता समक्ष सहज रुपमा प्रस्तुत गर्न सकेको बताएका छन् । अवलोकनकर्ताहरु स्टलबाट सामान किन्ने र छेउमा रहेको विभिन्न परिकारका होटलबाट खानेकुरा ल्याएर भुँइमा बस्न र खाना सहज भएको बताएका छन् ।

एक्स्पोमा बालबालिकाको आकषर्णको केन्द्र रोटे पिङ, मौतका कुवालगायतमा अत्यधिक भीड रहेको छ । एक्स्पोमा अवलोकनकर्तालाई मनोरञ्जन दिने क्रममा शनिबार एक्स्पोको अन्तिम दिन एड्रिन प्रधानको प्रस्तुति रहनेछ । शुक्रबार एक्स्पोको ६० हजारभन्दा बढीले अवलोकन गर्नुका साथै ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

शुक्रबार, ०९ फागुन, २०७६, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर