उत्पादनमा आत्मनिर्भर हुन किसानलाई प्रोत्साहित गर्नुपर्छ– मुख्यमन्त्री

विराटनगर । मुख्यमन्त्री शेरधन राईले कृषिमा आत्मनिर्भर बन्न उत्पादन बढाउनु पर्ने बताउनुभएको छ । कृषि उत्पादन बढाउन किसानलाई प्रेरित गर्नुपर्ने भन्दै उहाँले प्रदेश सरकारले किसानलाई उत्प्रेरित गर्ने गरी काम गरिरहेको बताउनुभएको हो ।

दुग्ध विकास संस्थानको ५२ औं स्थापना दिवशको अवसरमा विराटनगर दुग्ध वितरण आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री राईले किसानको उत्पादन खेर जाँदैन भन्ने विश्वास दिलाउन सकेमात्र पनि उत्पादन बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उत्पादन अभिवृद्धि गर्न सरकारले पनि महत्वपूण क्षेत्रको पहिचान गरेर लगानी गरिरहेको जानकारी दिनुभयो ।

दुग्ध विकास संस्थानको एकमात्र पाउडर प्लान्टको सुधारमा प्रदेश सरकारले समयमै ध्यान दिएर सहयोग गरेकै कारण विपद्को बेलामा किसानलाई समस्या नभएको उहाँले बताउनुभयो ।

मुखयमन्त्री राईले प्रदेश १ सँग दूध निर्यातको प्रयाप्त क्षमता रहेकोले किसानहरुलाई उत्पादनमा प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । उहाँले उत्पादन र बजारीकरणका लागि ठोस योजना ल्याउन आाग्रह गर्दै सरकारले परियोजनाका आधारमा सहयोग गर्ने बताउनुभयो । उहाँले दुग्ध विकास संस्थान समृद नेपाल सुखि नेपाली आकाङ्क्ष पूरा गर्ने एउटा आधार भएको पनि बताउनुभयो ।
मुख्यमन्त्री राईले प्रदेशमा आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने तर्फ काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले बिहीबार विराटनगर आयोजनामा निर्माण गरीएको डिजल बोइलर प्लान्टको उद्घाटन पनि गर्नुभएको छ । प्रदेश सरकारको सहयोगमा १ करोड ५० लाख रुपैयाँको लगानीमा स्थापना भएको प्लान्ट बनेपछि भुस ब्रोइलरका कारण समस्या भइरहेका स्थानीय जनताले पनि राहत पाएका छन् । यद्यपी भुस ब्रोइलर बन्द हुँदै आयोजनालाई दैनिक १ लाख रुपैयाँ व्ययभार थपिएको छ ।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सरकारले उत्पादन र बजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले दुग्ध विकास संस्थानको विराटनगर वितरण आयोजनाले बजार विस्तारमा जोड दिनु पर्ने भन्दै प्रदेश राजधानीमा नै डिडिसीको उत्पादन सहजरुपमा नपाउने अवस्था अन्त्य गर्न निर्देशन दिनुभयो ।

विराटनगर आयोजनाका प्रमुख यादवले कोरोनाका कारण सम्पूर्ण क्षेत्र बन्द हुँदा संस्थानमा दूधको संकलन तीनगुणा बढेको र अहिले पनि दैनिक ४० हजार लिटर दूध संकलन भइरहेको बताउनुभएको छ । दूधको संकलन बढेपनि बजारमा खपत नबढेको र उत्पादित मखन, पाउडर र होलमिल्कको मौज्दात बढेको जानकारी दिनुभयो ।

गाउँमा किसानहरु उत्पादन बढाउन तत्पर देखिए पनि चिस्यान केन्द्रहरु निर्माण गर्न नसक्दा किसानहरु निराश हुने अवस्था आएको भन्दै प्रदेश सरकारलाई चिस्यान केन्द्रका संरचना बनाउन सहयोग गरिदिन आग्रह गर्नुभयो ।

व्यवस्थापन सुधारमा काम गर्न आउहाँले तीनघरे, शान्तिनगर, लक्ष्मीपुर लगायतका ठाउँमा किसानहरले जग्गा दान दिएर चिस्यान केन्द्र बनाउन दवाव दिइरहेको पनि जानकारी दिनुभएको छ ।

कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थान आधिकारिक टे«ड युनियनका केन्द्रीय सदस्य ओमकार खरेलले दुग्ध पदार्थ सम्वन्धी आचारसंहिता निर्माण भएपनि कार्यान्वयन नभएको गुनासो गर्नुभयो । उहाँले अहिले पनि किसानसँग भन्दा दलालसँग धराशायी भइरहेकोले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैबीच दुग्ध वितरण आयोजना विराटनगरमा एक लाख किलो मखन, ९७ हजार किलो पाउडर दुध र सोही परिमाणमा होलमील्क मौज्दात रहेको छ । जसले संस्थानको ठूलो चालु पूँजी स्थिर रहेको छ ।

बिहिबार, ०१ साउन, २०७७, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर