सुनका गरगहना चोरी गर्ने पक्राउ

विराटनगर । कञ्चनपुर बेदकोट नगरपालिका ७ घर भई विराटनगर ५ चाँदनी चोकमा बस्दै आउनुभएका बसन्ती बिष्टको कोठामा चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयमा सुरक्षागार्डको रुपमा कार्यरत विराटनगर १ बस्ने ३३ वर्षीय शेरसिंह दर्लामी मगर पक्राउ परेका हुन् ।

आयोगकै कार्यालय रहेको घरको माथिल्लो तलामा बस्ने बिष्टको कोठाबाट दर्लामीले मंगलसुत्रसहितको प्याण्डल १ वटा, तिलहरी १ वटा, औठी २ वटा, वाला २ वटा, कानमा लगाउने झुम्का १ सेट चोरी गरेका थिए । उनलाई चोरीका गहनासहित घरैबाट बिहीबार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

शुक्रबार, ०९ फागुन, २०७६, दिउँसोको ०४:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर