मन्त्री पुनसहितलाई सम्मान

विराटनगर । पूर्वेली जनसंचार सहकारी संस्था लि.द्वारा प्रकाशित जनविद्रोह दैनिकको नाम परिवर्तन भएर हाम्रोमत दैनिक प्रकाशन आरम्भ भएको अवसरमा उर्जा जलश्रोत तथा सिचाईंमन्त्री वर्षमान पुनसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

सहरकारीले बिहीबार आयोजना गरेको कार्यक्रममा जनविद्रोहका संस्थापक र पहलकर्ता मन्त्री पुनसहित विगतमा पत्रिकामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथि मुख्यमन्त्री शेरधन राईले मन्त्री पुनलाई विषेश सम्मानपत्र र खादाले सम्मान गर्नुभएको थियो । संस्थाका पूर्वअध्यक्ष, पूर्वसम्पादक, पूर्वसह–सम्पादक तथा पूर्वकार्यकारी सम्पादकहरुलाई मन्त्री पुन र मुख्यमन्त्री राईले सम्मान गर्नुभयो ।

कार्यक्रममा जनविद्रोहका संस्थापक सम्पादक शिवकुमार डाँगी, पुर्वसम्पादक गणेश उप्रेती, स्व.सम्पादक मोहन खनाल (मरणोप्रान्त), पूर्वसह–सम्पादक बिमल लामिछाने, पूर्वकार्यकारी सम्पादक राजन के.डी, पूर्वसम्पादक नवराज कट्टेल र सहकारीका पूर्वअध्यक्ष विनोद घिमिरेलाई सम्मान गरिएको थियो ।

शुक्रबार, ०९ फागुन, २०७६, दिउँसोको ०४:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर