झोराहाट । मोरङ ग्रामथान गाउँपालिकाले गाउँपालिकाको विभिन्न वडामा लगाइएको निजी वन दर्ता प्रमाणपत्र विवरण गरेको छ ।
गाउँपालिकाका निजी वन धनीहरु दुलारचन्द माझी, राजेश भगत, कविता भगत, रामनारायण गच्छदारलगायत १३ जनालाई निजी वन दर्ता प्रमाण–पत्र वितरण गरेको हो।
निजी वन प्रमाण पत्र ग्रामथान गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख श्रवण कुमार हजारी थारु, डिभिजन वन कार्यालय मोरङका प्रतिनिधी वावुराम मुडियारीले वितरण गर्नुभएको हो । प्रदेश नं. १ मा पहिलो निजी वन दर्ता प्रमाण–पत्र विवरण गर्ने स्थानीय तह हो । हाल वृक्षारोपन गर्ने कृषकहरु कृषि र वनमा आकर्षण बढेको छ ।
जग्गा धनीले वृक्षारोपण गरी हुर्काएका रुखहरुलाई वन ऐन २०७६ को दफा ३५ (२) बमोजिम सम्बन्धीत स्थानीय तहले निजी वन दर्ता गरी प्रमाण–पत्र दिएको हो ।