विराटनगर । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनले हाम्रोमत दैनिक आवाजविहिनहरुको आवाज बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
शुक्रबार विराटनगरमा हाम्रोमत दैनिकको सार्वजनिकीकरण कार्यक्रममा मन्त्री पुनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई व्यवस्थित गर्नमा सञ्चारजगतको महत्वपुर्ण भूमिका हुने बताउनुभयो ।
शुक्रबार पुर्वेली जनसञ्चार सहकारी संस्थाद्धारा प्रकाशित हुँदै आएको जनविद्रोह दैनिकको सार्वजनिक कार्यक्रममा मन्त्री पुनले पत्रकारिता अलोचनात्मक हुनुपर्नेमा जोड दिनुभयो । राज्यका निकायमा भएका कमीकमजोरी उजागर गर्न पत्रकारिताले हिच्किचाउन नहुने उहाँको भनाइ थियो ।
चालु आर्थिक बर्षमा नेपालले करिब ३५ करोड बराबरको विद्युत भारत निर्यात गरेको जानकारी दिँदै नेपालको ट्रान्समिशन मास्टर प्लान अन्तर्गत भारत र बङ्गलादेशसँग नेपालको त्रिदेशीय ट्रान्समिशन लाईनको निम्त्ति चरणबद्ध रुपमा छलफल भईरहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संघीयता र संविद्यान कार्यान्वयनमा सञ्चार जगतको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । उहाँले मुलुकमा आएको राजनितिक परिवतनमा पनि सञ्चार क्षेत्रले उल्लेखनीय योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो । आत्मविश्वासपुर्वक एउटा बलियो प्रतिबद्धताका साथमा सामाजिक उत्तरदायित्वको बोध गर्दै समग्र मुलुकको विकास र समृद्धिमा हाम्रोमत सक्रियताका साथ अघि बढनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष, सम्पादक, सह–सम्पादक तथा कार्यकारी सम्पादकहरुलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेमा संस्थापक सम्पादक शिवकुमार डाँगी, पुर्वसम्पादक गणेश उप्रेती(सुशील) र स्वर्गीय सम्पाकद मोहन खनाल, सह–सम्पादक बिमल लामिछाने, पूर्व कार्यकारी सम्पादक राजन के.डी, पूर्वसम्पादक नवराज कट्टेल र पुर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडका पुर्वअध्यक्ष विनोद घिमिरे थिए । सो अवसरमा जनविद्रोह दैनिकका स्थापनको पहल गरेको भन्दै मन्त्री पुनलाई विषेश सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता राजिब कोइराला, समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादव, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विज्ञापन एजेन्सी संघका प्रदेश अध्यक्ष पवन अधिकारीलगायतले शुभकामना दिनुभएको थियो ।
सो कार्यक्रममा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उपसभामुख सरस्वती पोखरेल, नेकपा प्रदेश सचिब सुरेशकुमार राई, केन्द्रीय सदस्यहरु विनोद ढकाल, गोपीबहादुर अछामी, घनेन्द्र बस्नेत, प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डल, प्रदेशसभाका सदस्यहरु उमिता विक, सुयर्माराज राई, कुलप्रसाद साम्बालगायतको सहभागिता थियो ।