प्रजातान्त्रिक सम्पर्क महासंघको संयोजक र महासचिव तोकिए

विराटनगर । नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको प्रदेशका संयोजक र महासचिवहरु चयन भएका छन् ।

प्रदेश १ को संयोजकमा निखिल पोखरेल, २ मा शंभुनाथ यादव ३ मा भक्तराज भुसाल, ४ मा भरतराज शर्मा, ५ मा चित्रबहादुर केसी, ६ मा गोविन्दबहादुर मल्ल र ७ गोविन्दराम परियार तोकिएका छन् ।

त्यसैगरी १ देखी ७ सम्म महासचिवहरुमा सर्मिला अधिकारी, पञ्चलाल महतो, हुमबहादुर खत्री, बोधराज ढकाल तुलसी पाण्डे, चन्द्र थानी र नाफुसिं साउद छन् । प्रदेश १ मा प्रवत्ताका रुपमा चयन भएका सुजन दाहालका अनुसार अहिले संस्था देशैभरी निर्माण हुने क्रममा छ ।

लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास गर्दै प्रजातान्त्रिक अधिकार संरक्षण गर्न संस्था क्रियासिल हुने दाहालले बताउनुभयो । उहाँँका अनुसार संस्थाले देशैभरी प्रजातान्त्रीक विचारका बुद्धिजीवीहरुलाई समेट्दै प्रजातान्त्रिक अधिकार, लोकतन्त्र गणतन्त्रका विषयमा छलफल बहस र अन्य सृजनात्मक काम गर्नेछ ।

दाहालले १ नं. प्रदेशमा पनि समिति बनिसकेको र त्यसले अब द्रुत गतिमा काम सुरु गर्ने बताउनुभयो ।

शनिबार, २० असार, २०७७, रातीको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर