प्रदेश १ बाट थप २१ जना डिस्चार्ज

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय २१ पुगेको छ भने संक्रमितको संख्या ६ सय ५३ पुगेको छ

विराटनगर । प्रदेश १ बाट आज २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन । आज डिस्चार्ज हुनेमा १३ महिला र ८ पुरुष रहेका छन् ।

मोरङबाट १२, सुनसरीबाट ५ र उदयपुरबाट ४ जना डिस्चार्ज भएका हुन् । विराटनगरबाट डिस्चार्ज हुनेमा ३ वर्षका बालकदेखि ४८ वर्षसम्मका रहेको कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु जेठ २७ देखि असार १२ गते सम्म भर्ना भएकाहरु हुन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय २१ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ६ सय ५३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार, १९ असार, २०७७, साँझको ०६:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर