विराटनगर । कोरोना भाइरस संक्रमणबाट नेपलमा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको पुष्टि गरेको छ ।
मन्त्रालयको शुक्रबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले मृतकमा उच्च रक्तचाप र पार्किसनको समस्या रहेको जानकारी दिनुभयो । आइसीयुमा उपचाररत रहँदा उनको असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ


