प्रधानमन्त्री बिनै नेकपा स्थायी समितिको बैठक सुरु

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा अनुपस्थित हुनुभएको छ ।

प्रधानमन्त्री अनुपस्थित भएपछि अर्का अध्यक्ष प्रचण्डले बैठक आरम्भ गर्नुभएको छ । बिहान ११ बजेका लागि बैठक कोलाएको भएपनि १२ बजेसम्म अध्यक्ष तथा प्रधानमन्त्री उपस्थित नभएपछि सवा १२ बजेबाट बैठक सुरु भएको बताइएको छ ।

स्थायी समिति बैठककै समयसँग जुध्ने गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको र त्यस अघि उहाँ राष्ट्रपति भेटन्न शितल निवास तर्फ जानुभएको थियो ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट संसदको जारी बजेट अधिवेशन अन्त्य भएको निर्णय गरी राष्ट्रपति कार्यालयलाई जानकारी पठाउने तयारी गर्नुभएको छ । त्यसै विषयमा राष्ट्रपतिसँग छलफल भएको हुनसक्ने अनुमान राजनीतिक वृत्तमा चलेको छ । संसदको जारी अधिवेशन अन्त्य भएपछि तत्कालका लागि अविश्वासको प्रस्ताव आउने वा तत्काल अर्को सरकार गठन गर्ने बाटो बन्द हुने भएकोले प्रधानमन्त्रीले त्यसको तयारी गर्नुभएको बताइएको छ ।

बिहिबार, १८ असार, २०७७, दिउँसोको १२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर