मन्त्रीहरुले सामुहिक राजिनामा दिने तयारी गरेपछि परामर्शमा जुट्दै प्रधानमन्त्री

विराटनगर । स्थायी समिति बैठकमा चर्को आलोचना खेप्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली सरकारका केही मन्त्रीहरुले सामुहिक राजिनामा गर्ने तयारी थालेपछि थप संकटमा पर्नुभएको छ । स्रोतका अनुसार पूर्व माओवादी र पूर्व एमालेका तर्फबाट मन्त्रीभभएका केहीले सामुहिक राजिनामाको तयारी गरेका छन् ।

प्रधानमन्त्रीको कार्यशैलीको विषयलाई लिएर मन्त्रीहरुले सामुहिक राजिनामा गर्ने सूचनासँगै प्रधानमन्त्रीे आज बिहानैदेखि मन्त्रीहरुसँगको घेटघाट र परामर्श तिब्र बनाउनुभएको छ ।

प्रधानमन्त्रीले आज बिहानै सरकारका सबै मन्त्रीहरु, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पनि प्रधानमन्त्री निवास बालुवाटार बोलाउनुभएको छ ।

नेकपा स्थायी समितिको मंगलबार बसेको बैकमा बोलेका १८ जनामध्ये १७ जनाले प्रधानमन्त्रीको राजिनामा मागेपछि उहाँ संकटमा पर्नुभएको हो ।

पूर्व माओवादी र पूर्व एमालेका केही मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी गरेको चर्चा चलेको र यस बारेमा पनि ओलीले छलफल गर्न लागेको बुझिएको छ ।

बुधबार, १७ असार, २०७७, बिहानको ०९:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर