बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका – ५ सन्थाल बस्तीका ४० वर्षिय बिरजु टुढुको हत्या आरोपमा १५ वर्षिय छोरा पक्राउ परेका छन् । बाबुको हत्या आरोपमा सकल टुडु मंगलबार पक्राउ परेका हुन् ।

शनिबार राति बिरजुले श्रीमती शान्तीलाई कुटपिट गरेपछि सुतेको अवस्थामा छोरा सकलले बन्चरो प्रहार गरि गम्भीर घाइते बनाएका थिए । उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ्ग होममा लगेको र उपचार गर्ने पैसा नभएपछि घरमा ल्याएका बिरजुको आइतबार साँझ मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । बाबुलाई गम्भीर घाइते बनाएपछि फरार भएका सकललाई प्रहरीले जोगवनीबाट पक्राउ गरेको हो ।

टुडुुको घरमा शनिबार जेठी छोरी र ज्वाँइ पाहुना आएका थिए । खानपिन गरेपछि जेठी छोरी र ज्वाँइ अर्को घरमा सुत्न गएका थिए भने बिरजु आफनै घरको खाटमा सुतेका थिए । श्रीमती र छोराछोरीहरू भुँईमा सुतेका थिए ।

‘बिरजु सुत्ने खाटमा उनको दिदीको नातीले पिसाव गरिदिएको कारण श्रीमती शान्तीले ओछ्यानमा भएको कपडाहरू धोएर सुकाई दिएका थिए । तर बिरजुीले शान्तीलाई ओछ्यानमा पिसाव गर्न दिइस् भन्दै गाली गलौज गर्दै कुटपिट गरेका थिए,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भन्नुभयो, ‘बाबुले आमालाई कुटेको छोराले देखेका रहेछन् । आमालाई कुटेको रिस फेर्न आइतबार बिहान ५ बजेको समयमा बाबुलाई बन्चरो प्रहार गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।’

मृतक टुडुले श्रीमती शान्तीलाई यस अघि पनि बारम्बार कुटपिट गर्ने गरेका थिए । मृतक टुडु ट्याक्टर चालक हुन् । आमालाई मारेर कान्छी श्रीमती ल्याउन खोजेपछि आफुले हत्या गरेको बयान छोराले प्रहरीलाई दिएका छन् ।

मृतकका श्रीमती दिशा गर्न बाहिर गएको अवस्थामा छोराले बावुलाई बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । हत्यापछि बञ्चरो नजिकको पोखरीमा फालेर उनी फरार भएका थिए ।
प्रहरीले मंगलबार दिनभरी खोजी गरेपछि बञ्चरो भेटाएको थियो ।
बावुको हत्या आरोपमा पक्राउ गरेको टुडुुलाई प्रहरीले मोरङ जिल्ला अदालतबाट मंगलबार कर्तब्य ज्यान मुद्दामा ५ दिनको म्याद थपगरेर अनुसन्धान बढाएको छ ।

बुधबार, १७ असार, २०७७, बिहानको १२:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर