खेलकुद सामग्री हस्तान्तरण

विराटनगर । विराटनगर–११ मा रहेको विराट बुद्ध स्पोर्टङ क्लबलाई शनिबार एक कार्यक्रमबीच खेलकुद सामग्री प्रदान गरिएको छ ।

क्लबले शनिबार आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारीले क्लबलाई फुटबल खेलका खेलकुद सामाग्री हस्तान्तरण गर्नुभयो ।

करिब २ लाख ३० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री क्लबलाई प्रदान गरिएको क्लबका सचिव खेम थापाले बताउनुभयो । सो अवसरमा बोल्दै सांसद यशोदा अधिकारीले खेलकुदका माध्यमबाट एउटा स्वास्थ समाज निर्माण गर्न सकिने भएकाले आफ्नो कोषबाट क्लबलाई सहयोग गरेको बताउनुभयो ।

सांसद विकास कोषको १ लाख ९७ हजार रुपैयाँ र क्लबको आन्तरिक स्रोतको ३३ हजार रुपैयाँको फुटबल खेलका सामग्री खरिद गरिएको क्लबका अध्यक्ष रोहितकुमार कोइरालाले बताउनुभयो । खेलाडीका लागि ट्रयाकसुट ६० जोर, जर्सी २५ जोर, फुटबल बुट २५ जोर, नेट १ सेट र फुटबल ३० थान क्लबलाई प्रदान गरिएको थियो ।
गत वर्ष स्थापित क्लबले विभिन्न खेलकुदका गतिविधि गर्नुका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । क्लबले गत फागुन २८ देखि चैत ६ गतेसम्म जिल्ला अन्तरकलेज फुटलबल प्रतियोगिता गरेको थियो ।

शनिबार, १३ असार, २०७७, रातीको १०:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर