उर्लाबारी / मोरङको उर्लाबारीमा फागुन १६ गतेदेखि २० गतेसम्म दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ ।
उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाले बिहीबार नगरस्तरीय अभिमुखिकरण कार्यक्रम गरी सो जानकारी गराएको हो ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सामाजिक कार्यकर्तालगायतको उपस्थिति रहेको थियो । ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने स्वास्थ्य शाखाका संयोजक तोयाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
यसपटक ९५ प्रतिशतलाई दादुरा रुवेलाको खोप लगाउने लक्ष्य रहेको छ । पूर्ण खोप सुरक्षित भविष्य भन्ने मुल नाराको साथ हुन लागेको खोप अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको सह–संयोजक सुरेश खड्काले बताउनुभयो ।
सोही अवसरमा जन्मेदेखि ५ वर्षमुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाइने कार्यक्रमसमेत रहेको स्वास्थ्य शाखाका रेनुकाप्रसाद काफ्लेले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाभरीमा २६ वटा केन्द्रमार्फत खोल लगाउने कार्यक्रम तय भएको छ ।