दुई प्रहरी सर्वोत्कृष्ट घोषित

विराटनगर / जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राजकुमार घिमिरे र इलाका प्रहरी कार्यालय धुलावारी झापामा कार्यरत प्रहरी जवान श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागीय मूल्यमान्यता, आदेश र निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेका दुई प्रहरीले सर्बोत्कृष्ठ घोषित गरिएको हो ।

प्रतिबन्धित लागूऔषध ओसारपसार, अवैध रुपमा बिभिन्न किसिमका खाद्यान्न सामानहरु तस्करीमा संलग्न व्यक्तिहरु एवं बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेकोले घिमिरे र राईलाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरीका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिन्ट गरेर प्रदेश प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भ तथा प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्ममा राखिदै आएको छ ।

बिहिबार, ०८ फागुन, २०७६, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर