लायन्स क्लब अफ सिटीद्धारा सरस्वती स्कूललाई शैक्षिक सामाग्री प्रदान

विराटनगर / मोरङको कानेपोखरी गाउँपालिका–६ मूलगाउँस्थित सरस्वती प्रा.वि लाई लायन्स क्लब अफ विराटनगर सिटीले स्टेशनरी र खेलकुदको सामाग्री वितरण गरेको छ ।

क्लबले बुधबार एक कार्यक्रमको बिच स्कूलका विद्यार्थीहरूको लागि उक्त सामाग्री वितरण गरेको हो । लायन्स क्बल अफ इन्टरनेश्नल डिस्ट्रिक ३२५ ए–वानका पूर्व डिस्ट्रिक गर्भनर लिला ढुङ्गगेल, लायन्स क्बल अफ विराटनगर सिटीका अध्यक्ष घनश्याम पोखरेल, क्लबका उपाध्यक्ष रमेश कार्कीले संयुक्त रूपमा स्कूलका शिक्षक विनोद सुब्बा र स्कूलका भुुतपूर्व विद्यार्थी संघका अध्यक्ष खगेन्द्र बराईलीलाई स्टेशनरी सामाग्री हस्तान्तरण गरेका हुन् ।

क्लबले स्कूललाई २ सय थान कपी र प्यानसिल, क्यारेमबोर्ड, लुडो, चेस, फुटबललगायतको विभिन्न समाग्री प्रदान गरेको हो । २०४४ सालमा स्थापना भएको सरस्वती स्कूलको गुणस्तर सुधार र भौतिक पूर्वाधार स्तरउन्नी गर्न भूतपुर्व विद्यार्थीहरू लागि परेपछि अहिले सहयोग जुटन थालेको छ ।

विभिन्न र जेहन्दार विद्यार्थीहरू अध्ययन गर्ने सरस्वती स्कुलका विद्यार्थीहरूलाई सामाजिक कार्य अनुरूपमा स्टेशनरी र खेलकुदको सामाग्री वितरण गरिएको अध्यक्ष पोखरेलले बताए । उनले आफ्नो कार्यकालमा यसरीनै सामाजिक कार्य गर्दै अगाडी बढेको बताए । यस अघि पनि यो क्बलले थुप्रै सामाजिक कार्यक्रमहरू गर्दै आएको छ ।

ग्रामीण बस्तीदेखि सहरसम्म सामाजिक कार्यहरू गर्दै आएको हो । सामाजिक कार्यमा अगाडी बढेकोले लकडाउनको समयमा पनि सामाजिक कामलाई निरन्तरता दिएको क्बलका अध्यक्ष पोखरेलको भनाई छ ।

बुधबार, १० असार, २०७७, साँझको ०५:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर