निरंकुश शाही सत्ताले संकटकाल लगाएर देशलाई बन्दीगृह बनाएको थियो । देशका सम्पूर्ण संचार–संस्थाहरु निरंकुश व्यवस्था नियन्त्रित थिए । युद्धरत नेकपा (माओवादी) ले जनादेश साप्ताहिक निकाल्दै आएपनि प्रभावकारी प्रकाशन र व्यवस्थापन हुन नसक्दा एकतर्फी सूचना आतंक थियो । निरंकुशतावादीहरुको सूचना आतंकलाई चिर्ने उद्देश्यका साथ तत्कालीन नेकपा (माओवादी) मेची–कोशी क्षेत्रीय व्यूरोले २०६२ साल वैशाख ६ गते लेनिन जयन्तीको अवसर पारेर मुखपत्रको रुपमा जनविद्रोह साप्ताहिक प्रकाशन सुरु ग¥यो । दुश्मनको चौतर्फीे घेराबन्दीलाई छिचोलेर पत्रिका प्रकाशन गर्नु चुनौतिपूर्ण थियो ।
जनपक्षीय पत्रिकाको आवश्यकता महसुस गरी पत्रिकाको नामांकन र प्रकाशनको योजना बनाउने काम तत्कालीन पार्टी व्युरो इन्चार्ज वर्षमान पुन (क.अनन्त)ले गर्नुभएको थियो । प्रकाशनको योजनालाई कार्यान्वयन गर्ने अर्थात सम्पादकको भूमिका म आफैंले प्राप्त गरेको थिएँ । नेकपा (माओवादी) मेची–कोशी क्षेत्रीय व्यूरोको योजना र व्यवस्थापनमा लेनिन जयन्तीको अवसर पारेर वैशाख ६ गतेबाट जनविद्रोह साप्ताहिकको प्रकाशन सुरु भयो । स्थापना कालमा पत्रिकाको कार्यालयको रुपमा मोरङको आमवाडी, राजघाट, इटहरा, सिजुवा, पथरीलगायत ठाउँहरु प्रयोग गरेका थियौं । पत्रिकाको छाप्ने काम दमक स्थित अमरज्योति अफसेट प्रेशमा गथ्र्यौं । जुन प्रेस दमक इलाका प्रहरी कार्यालय सामुन्ने थियो । पत्रिकामा इटहरीको ठेगाना दिएको हुँदा सुरक्षाकर्मीले हाम्रो पहिचान गर्न सकेनन् । पत्रिकामा आवश्यक पर्ने प्रकाशन सामाग्री इमेल, फोन, आन्तरिक फोन (करलेक्स) र पार्टीले बनाएका पोष्टमार्फत चिठीपत्र प्राप्त गर्दथ्यौं । ८ हजारसम्म पत्रिका प्रकाशन गरेर गाउँगाउँसम्म वितरण गरी युद्धका वास्तविक समाचार दिएर जनता र पार्टी पंक्तिलाई सुसूचित गर्दथ्यौं ।
प्रकाशन सुरु भएको ८ महिनापछि जनविद्रोह साप्ताहिकको सम्पादक मोहन खनाल (क.विनोद) हुनुभयो । सम्पादन र व्यवस्थापनमा उहाँको महत्वपूर्ण भूमिकाले पत्रिकाको ओज र गरिमालाई निकै उचाइमा पु¥याएको थियो । पत्रिकाको सम्पादक भएको छोटो समयमा नै तत्कालीन शाही सेनाले २०६२ साल असोज २७ गते सम्पादक मोहन खनाललाई मोरङको बाहुनीमा गिरफतार गरि हत्या ग¥यो । मोहन खनाल (क.विनोद)को हत्यापछि गणेश उप्रेति (क.शुशील) सम्पादक बन्नुभएको थियो । यो समयसम्ममा पत्रिकाको खोजीमा दुश्मन मेहनतपूर्वक लागिरहेको थियो । जनविद्रोह पत्रिका मोरङको मधुमल्ला, रमिते, टाँडी, वारङ्गीलगायत ठाउँ सर्दै लिथो र स्क्रीन गरेर पत्रिका प्रकाशनलाई निरन्तरता दिने काम भयो । पत्रिकाको वितरण भने पार्टीले निर्माण गरेका पोष्टमार्फत हुन्थ्यो । नेपाली जनयुद्धले एकपछि अर्को सफलता हासिल गर्दै विजयका नयाँ नयाँ कित्र्तिमान कायम गर्दै अगाडि बढ्यो । युद्धको विकाससँंगै पत्रिकाको विकास हुनु पनि स्वभाविक थियो । विकास प्रक्रियासँगै पार्टीले आधार इलाकाको रुपमा रहेको संखुवासभा स्थित मकालुबाट जनविद्रो प्रकाशन गर्ने योजना बनायो । पत्रिका प्रकाशनका लागि त्यो ठाउमा पे्रससमेत पु¥याएको थियो । प्रकाशनको अन्तिम तयारी गर्दा गर्दै महान् जनयुद्धको जगमा जनआन्दोलन भयो र पार्टी शान्ति प्रक्रियामा आयो ।
हजारौ संगिनको काम एउटा अखबारले गर्दछ भन्ने झै जनविद्रोह पत्रिकाले नेकपा (माओवादी) को विचार, नेतृत्व, योजना र घटनाहरुलाई जनतासम्म पु¥याएर युद्धलाई नयाँ उचाइमा उठाउन योगदान ग¥यो । दुश्मनका दुश्प्रचारहरुलाई चिर्दै युद्धका वास्तविक खबरलाई जनताको पंक्तिसम्म पु¥याएर लाखौं जनतालाई गोलबन्द गर्दै जनविद्रोहको आधार खडा ग¥यो । भिषण युद्धको पृष्ठभूमिमा जनविद्रोह साप्ताहिकले पूर्वी नेपालको राजनीतिक भावभूमिमा संगठनकर्ता, प्रचारकर्ता र विचार निर्माणमा योगदान गरेर प्रकाशनको सार्थकतालाई पुनर्पुष्टि ग¥यो । १० वर्षको महान् जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनसँगै जनविद्रोह साप्ताहिकको प्रकाशन २०६३ आषाढदेखि विराटनगरबाट सुरु भयो । नेकपा (माओवादी) विरोधी पार्टीले फैलाएका भ्रमहरुलाई चिर्दै जनयुद्धमा नेपाली जनताले गरेको त्याग, तपस्या र बलिदानका कित्र्तिमानहरुलाई जनतामा स्थापित गर्न यो पत्रिकाको भूमिका महत्वपूर्ण रह्यो । पार्टीको आवश्यकता र जनताको माग अनुसार २०६३ साल पौषदेखि साप्ताहिक रुपमा प्रकाशित हुँदै आएको जनविद्रोह पत्रिका दैनिक बन्यो । प्रकाशनको प्रारम्भदेखि नै प्रेश काउन्सिलको वर्गीकरणमा क श्रेणीमा रहेको यो पत्रिका शान्ति प्रक्रियामा आएपछि र युद्धकालमा समेत निरन्तर प्रकाशित हुदै पूर्वी नेपालको एक लोकप्रिय पत्रिका बनेको छ । साप्तताहिक पत्रिकाको रुपमा प्रकाशन हुँदा मात्र होइन दैनिक पत्रिका सुभारम्भ गर्दासमेत म आफंैले यस पत्रिकाको सम्पादकको मुख्य जिम्मेवारी प्राप्त गर्नु मेरा लागिसमेत अवसरको कुरा थियो ।
मुख्यत संविधानसभाको निर्वाचनमा कोचिला (सुनसरी, मोरङ्ग र झापा) मा तत्कालिन नेकपा (माओवादी)लाई एक नम्बर पार्टी बनाउन जनविद्रोह पत्रिकाले निभाएको भूमिका उल्लेख्य छ । शान्ति प्रक्रियासँगै जनविद्रोह दैनिक पृथ्वीकुमार कार्की सम्पादक रहेर दर्ता गरिएको थियो । कार्कीले गरेको योगदान भूल्न हुदैन । २०६५ सालमा नेकपा माओवादीमा राजनीतिक वैचारिक अन्तरविरोध भयो । यसक्रममा पत्रिकाको निरन्तरतामा ठूलै जोखिम थियो । निरन्तर प्रकाशनको जोखिमबाट बचाउन र आम नागरिकको आवाज सम्बोधन गर्नेगरी व्यवसायिक रुपमा पत्रिकारलाई निरन्तरता दिन पूर्वेली जनसञ्चार सहकारी संस्था लि.को गठन गरेर जनसमुदायमा आधारित सहकारीमार्फत पत्रिकाको प्रकाशन अगाडि बढ्यो ।
इतिहासको विभिन्न कालखण्डमा भएका जनआन्दोलन, महान् जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधानसभाबाट संविधानको निर्माणसँगै परिस्थिति बदलिएको छ । नेपाली समाजको चरित्रमा समेत फेरवदल आएको छ । नेपाली समाजले पूँजीवादी जनवादी क्रान्तिको चरण पूरा गर्दै समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छ । समाजवादी क्रान्तिको कार्यभार पुरा गर्ने महान् उद्देश्यसहित नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाओवादी) र नेकमा (एमाले) बीच पार्टी एकता भएको छ । पार्टी एकता प्रक्रियासँगै सम्पन्न निर्वाचनमा संघ र प्रदेशमा कम्यनिष्ट क्रान्तिकारीलाई करिब दुईतिहाइको नजिक पु¥याएर नेपाली जनतले समाजवादी क्रान्तिको कार्यदिशालाई अनुमोदन गरिसकेका छन ।
नेपालको संविधान २०७३ समाजवादी उन्मुख रहेको छ । नेकपाले समाजवादी राजनीतिक कार्यदिशा अघि सारेको छ । समाजवादी क्रान्तिको पृष्ठभूमिमा रहेको नेकपा सम्बन्ध तिनै तहका सरकारले संविधानमा उल्लेखित नेपाली जनतका मैलिक हकलाई वास्तविक रुपमा सार्थक बनाउन समृद्ध नेपाल, सुखि नेपाली, युवा स्वरोजगार, गरिबी न्यूनिकरण, आयात प्रतिस्थापन, दिगो विकास लक्ष्य प्राप्तिका लागि अघि सारिएका योजनाको कार्यान्वयनलगायत सरकारले गरेका राम्रो कामको प्रचारप्रसार र जनआकंक्षा विपरित कामको आलोचनाका लागि १ नम्वर प्रदेशको आवश्यकतालाई धान्ने गरि जनविद्रोह दैनिकलाई अनलाईन संस्करणसहित ब्रोडसिटमा हाम्रोमत दैनिकको रुपमा प्रकाशन हुनु हामी सबैका लागि गौरबको विषय हो ।
संविधानमा समाजवाद लेखेर वा पार्टीले कार्यदिशा मात्र बनाएर देशमा समाजवाद आउदैन । समाजवादका लागि मुख्यत क्रान्तिकारी विचार र सुदृढ संगठनसहितको जनआधारित पार्टी आजको आवश्यकता हो । समाजवादी कार्यदिशासहितको विचार र विचार कार्यन्वयन गर्नसक्ने संगठन भएको पार्टी भनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा मात्रै हो । सहि राजनीतिक कार्यदिशाको रक्षा, विकास र कार्यन्वयनका मिडियाको साथ र सहयोग अपरिहार्य छ । क्रान्तिकारी वैचारिक आधार र जगमा जन्मे हुर्केको जनविद्रोह पत्रिकाको परिवर्तित रुप हाम्रोमत दैनिकले पनि जनपक्षीय पत्रकारिताको अभ्यासलाई निरन्तरता दिनेछ । यो प्रकाशनको सार्थकता यसैमा अन्तरनिहित हुनेछ । जनविद्रोह दैनिकको परिवर्तित रुप हाम्रोमत दैनिकको मुख्य विशेषता भनेको व्यावसायिकतासहितको मिसन हुनुपर्छ । जनताको हकअधिकार र जनपक्षीय पत्रकारिताको पक्षमा स्पष्ट बनेर यो उभिन सक्नुपर्छ । वैचारिक स्पष्टतालाई केन्द्रमा राखेर व्यावसायिकतामा जानुपर्दछ । त्यसो गर्न सफल भएकाले नै यसको निरन्तरता सम्भव भएको हो । जसरी विगतमा जनसरोकारका विषय पत्रिकाको प्राथमिकतामा रहे आगामी दिनमा पनि रहनुपर्दछ । राष्ट्रियता, राष्ट्रिय अखडता, आधारभूत वर्ग, जाति, क्षेत्र र लिङ्गका जनताको आवाज बनेर हाम्रोमत दैनिकले निरन्तरता पाउने कुरामा म विश्वस्त छु ।
अन्त्यमा जनविद्रोह दैनिकलाई अहोरात्र मेहनत गरेर यहाँसम्म ल्याइपु¥याउने सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिँदै, परिवर्तित रुप ब्रोडसिट साइजमा हाम्रोमत दैनिक प्रारम्भ गर्न लाग्नुभएको छ, पत्रिकाको जन्मदाताको हिसावले म धेरै उत्साहित र हर्षित छु । साथै पत्रिका परिवारप्रति आभारी छु । यस अवसरमा यहाँहरुलाई बधाई र शुभकामना दिन चाहन्छु ।
(लेखक जनविद्रोहका संस्थापक सम्पादक हुन्)