चर्को विरोध र समर्थनको मनोदशा: एक टिप्पणी


आज भोली राजनैतिक नेतृत्व र युवा पंक्तिमा दुईवटा विरोधाभाष मनोविज्ञान मौलाउँदै गएको छ । विशेषत राजनीति र यसको नेतृत्वप्रति या त उग्र विरोध या उग्र समर्थन । एजेन्डा बुझेर सृजनशिल समर्थन सारै थोरै कम प्रवृतिले अहिलेको नेपाली सामाज ग्रस्त बनाएको छ । उग्रविरोध घोर निराशाको प्रकटीकरण हो । ‘राजनीतिले सबथोक बिगा¥यो । नेताहरूले सब लुटे ।’ यो मनोविज्ञानले निराशा जन्मायो । यसको दुई वटा कारण विद्यमान देखिन्छन् ।

यथास्थितिको पतन ः
खास गरेर गणतन्त्र प्राप्तीको सबै आन्दोलनहरूले यथास्थितीको संस्कृतिमाथि ठूलो धावा बोल्यो र त्यसलाई धुलीसाप पा¥यो । समाजलाई यथास्तिीथिमा राखेर आफ्नो साशन टिकाइराख्न चाहने शक्तिकेन्द्रको पराजयपछि त्यसबाट बचेकाहरूको रूप फे¥यो र समाजमा नकात्मकता फैलाउने अवतारमा आफूलाई रूपान्तरित ग¥यो । पुरानो शासन ढल्नुको पीडाले जेलाई पनि नराम्रो मात्र देख्ने बानीको विकास भयो । प्रगति, समृद्धि, वा सकारात्कम रूपान्तरण उसको आँखामा कदापि अटाउँदैन र पुस्ता हन्तान्तरण गर्दै युवा पंक्तिसम्म सार्न सफल भएको छ ।

आजको नेपाली समाज जुन छलाङ्मयी हिसाबबाट प्रगतिको गोरेटोमा दौडिरहेको छ, त्यो देख्ने आँखा उक्त वर्गमा साह्रै कमजोर छ । समाजमा सँधै पश्चगमन मात्र रुचाउने तत्वले हाम्रो समाजमा गम्भीर भ्रम फैलाउन सफल छ । वामपन्थीहरुको नेतृत्वमा सरकार सञ्चालन भएपछि विगत १० वर्षदेखि ३ प्रतिशतमा सिमित रहेको आर्थिक वृद्धिदर पछिल्लो २ वर्षमै ६ दशमलव ५ प्रतिशतले वृद्धि हुनु यथास्थिति तोडेको सर्वाधिक वैध तथ्य होइन । यो तथ्यांकले निराशा मात्र बोक्दछ वा आशाको सञ्चार गर्दछ ? बेलायतबाट प्रकाशित द कोनोमिक्स पत्रिकाको सर्वेक्षणले नेपाललाई उच्च आर्थिक वृद्धिदर भइरहेको विश्वको १० मुलुकको सुचीमा राखेको छ । पूँजीवादीमुलुक र त्यसको बिचारमा हुर्केका संस्थाहरुले नै उक्त निष्कर्श निकाल्न बाध्य भइरहँदा पनि देशभित्र भ्रम बाँडेर समग्र व्यवस्थाप्रति वितृष्णा फैलाउन उद्यत यथास्थितिवादको षड्यन्त्रबाट आजको नयाँ पुस्तालाई भ्रममुक्त पार्नुपर्ने आजको नेतृत्वको प्रमुख कर्तव्य हो । विश्वबैंकको सर्वेक्षणले नेपालको प्रगतिको सार खिच्दै द राइजिङ स्टारसम्म भन्न भ्याइसक्यो । तर, सत्तापतन भएकाहरु भन्दैछन् परिवर्तित राजनीतिले केही गरेन । व्यवसाय गर्ने वातावरण छैन । यसरी दिनरात कोहोलो मच्चउनेहरुले सोही विश्वबैंकले सहज व्यवसाय सञ्चालनको सुचांकमा नेपाल १६ अंक माथि उक्लिएको तथ्य किन हेर्न सक्दैनन् ? यसको एउटै कारण छ, वामपन्थप्रतिको निकृष्ट पूर्वाग्रह । २०७५ सालदेखि पूर्ण लोडसेडिङमुक्त भएको नेपालले यहि वर्ष मात्रै एक हजार मेघावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोड्दैछ । के यो प्रगति होइन ? वर्षौंदेखि देशलाई लुटको अखडामात्र बनाउनेहरु र उनका वैधअवैध सन्तानहरु नै बढ्ता उच्च स्वरमा चिच्याउँदैछन्, केही भएन भनेर ।
झण्डै दैनिक ६ किलोमिटर सडक कालोपत्रै हुँदैछ । आजको दिनमा र २६ लाखभन्दा धेरै मानिसहरु स्वास्थ्य बिमामार्फत आफ्नो स्वास्थ्य सम्वन्धी मौलिक हकको उपयोग गर्ने ठाउँमा पुगेका छन् । के यो तथ्यले यथास्थिततिको पतन र प्रगतिको शुभारम्भ गरेको हैन ? तीन करोड मात्र जनसंख्या भएको मुलुकमा एकै पटक एउटै मिसिलमार्फत १ सय ७५ जना भ्रष्टाचारीमाथि कारवाही अघि बढाएको आजको वर्तमान विश्वमा सायदै कुनै मुलुक होलान् । के यि भ्रष्टाचारी मनुवाहरु यो सरकार बनेपछि जन्मिएका हुन् ? सुशासनको पक्षमा हिजो एउटा नारा थियो ‘ठूलालाई चैन सानालाई ऐन’ विशेषतः यथास्थितिका महारथी शासकहरुले यो मान्यतालाई समाजमा टिकाएका थिए । तर, यसले जुनसुकै पदका मानिस भएपनि कानून पालनमा देखाएको किर्तिमानीले उक्त नारा नै फेरिएर सबैलाई ऐन सबैलाई चैनमा बदलिएको छ । यो बदलिएको सुशासन सम्वन्धी नाराले तिनै यथास्थितिवादीहरुको नाकको डाँडी बढ्ता दुखेको र त्यही रन्थन्याईले सबै खत्तम देख्न पुगेको छ ।

मुलतः संसारभर वामपंथ रक्षात्मक बन्न पुगेको आजको युगमा साम्राज्यवाद, बिस्तारवादको कडा निगरानीलाई ठाडै चुनौति दिँदै नेपालमा कम्युनिष्टको रातो झण्डाले उँचो शिर पारेको बाहिर र भित्रका प्रतिक्रियावादी शक्तिहरुलाई १०५ डिग्री ज्वरोले यस्तरी होस उडाएको छ कि उनीहरु जम्मै एकगढ भएर यो सरकारले केही गरेन र गर्न सक्दैन भन्ने बिषालु भ्रममार्फत समाजमा निराशा र कुण्ठा थोपर्न तल्लिन छन् । समाजवादमाथि अलिकति मात्रै पनि विश्वास राख्ने सम्पूर्ण सचेत युवा पंक्तिले यो षड्यन्त्रलाई बुझ्न र पर्दाफास गर्न जरुरी छ । यसर्थ यथास्थितिवादको पतनले जन्माएको घोर आक्रोश र निराशा चर्को विरोधमा ओर्लिएको छ । अहिलेको संस्थापनले उक्त मनोविज्ञानको सामना गर्नु परिरहेको छ ।

कमजोर आदर्श ः
मानिसहरु निराश हुनु र नेतृत्वलाई धारेहात लगाउनुको दोश्रो कारण हो, कमजोर आदर्श । ठूलाठूला त्याग र वीरताको इतिहास पढेर, सुनेर आन्दोलनमा होमिएको पुस्ताले आजको नेतृत्वको उठबस, चालचलन र जीवन भोगाई नजिकबाट नियालेको छ । र कतै चित्त बुझाउन सकेको छैन । अगुवालाई ठूलो आदर्श मानेर पारदर्शी संस्कृतिको एउटा मानिस आफूलाई झुक्याइएको वा भयंकर झुटको शिकार बनाइएको आक्रोश मनभरी पालेर नेतृत्वप्रतिको वितृष्णा हुर्काइरहेको छ । समाजवादको जग पारदर्शी संस्कार र आदर्श समाजबाट मात्र सम्भव छ । संसार परिवर्तन विद्रोहीहरुले मात्र गर्दछन् र विद्रोही बन्नु भनेको चर्को स्वरले कराउनु, सँधै झगडा मात्रै गर्नु, प्रतिपक्ष बस्नु, फरकको नाममा अप्ठेरो मात्र पार्न रुचाउनुलाई भनिदैन । विद्रोहीसँग त सबैभन्दा ठूलो त्यागको भावना हुनुपर्दछ । जीवनसमेत त्याग गर्न उद्यतले नराम्रो बानी, स्वार्थ र महत्वकांक्षा त्याग्नसक्छ कि सक्दैन ? त्याग्न केही नसक्नेलाई विद्रोही भनिदैन । के एउटा मानिस सँधै विद्रोही आदर्श बाच्न सक्छ ? सायद कमरेड माओले त्यसैले निरन्तर क्रान्तिको अवधारणा अघि सार्नुभयो । आज विद्रोही आदर्श क्रमशः मर्दै गएकोले मानिसहरु आक्रोश, कुण्ठा र निराशा थोपरिन थोलेको छ । बामपन्थ विस्तार र समाजवाद निर्माणको लागि उग्रविरोधका यी दुई पहलु आफैंमा खतरनाक छन् । पहिलो बाह्य कारण र दोश्रो आन्तरिक कारण ।

त्यसपछि अर्को खतरनाक प्रवृत्ति उग्रसमर्थन । यसले पनि समाजवादको आधारलाई सही ढंगले अगाडि बढाउन सक्दैन । विशेषतः दलाल पूँजीवादको प्रमुख विशेषता उग्र समर्थन हो र जनवादको प्रमुख दुस्मन भनेकै दलाल पूँजीवाद हो । आजको समयमा यस देशमा जनवादको ठिक प्रयोग कार्यान्वयनको ठूलो बाधक नै दलाल हो । यो एउटा संस्कृति पनि हो । सत्ताको वरपर बसेर बेजोड चाकडीमार्फत अतिरिक्त लाभ लिन उद्यत मनोवृत्तिले नेतृत्वलाई आधारबाट कटाउँदै लगिरहेको छ । र उपरी संरचनाको चर्को दोहनमा एउटा उपभोक्तावादी प्रवृत्ति सक्रिय बनेको छ । यसले चर्को समर्थनको संस्कारलाई प्रश्रय दिएको छ । अल्पविकसित मुलुकहरुमा जब पूँजीवादले आफ्नो धरातल मजबुत बनाउन सक्दैन र स्वतन्त्र विकास गर्न सक्दैन, त्यो वास्तविक अर्थको पूँजीवाद नरहेर दलाल पूँजीवादमा परिणत हुन्छ । आफ्नै उत्पादन नभएपछि बिचौलीया भएर उक्त प्रणालीले आफ्नो उपस्थिति कायम गर्दछ । आजको आन्दोलन र युवा पुस्तामा यसको जब्बर प्रभाव पर्न गएको छ । ठूला सहरका युवापंक्ति आज दलाल पूँजीवादको जबस्जस्त शिकार भएका छन् । यसबाट उक्त पंक्तिलाई रुपान्तरण गरेर जबसम्म आत्मनिर्भर बनाउन सकिदैन, तवसम्म समाजवादको वास्तविक तयारी सुरुवात हुँदैन ।

कमजोर आर्थिक एवं राजनीतिक धरातल निम्छरो संस्कार र असुरक्षीत मनोदशाले सबैतिर असफलता मात्र देख्दछ र मानिस सुरक्षाका लागि चाकडीमा फस्न पुग्दछ । यसर्थ उसलाई सबैतिरबाट आत्मनिर्भर बनाउँदा मात्र दलाल पूँजीवादको विरुद्ध लड्न सक्दछ । हिजो जसरी सामान्ती संस्कार र संरचनाका विरुद्ध लडेर गणतन्त्र स्थापना गर्न सम्भव भयो आज उतिकै महत्वका साथ दलाल पूँजीवादका विरुद्ध लड्न आवश्यक छ । उग्रसमर्थन र उग्रविरोध दुवै प्रवृत्तिबाट सजग रहँदै अघि बढ्नेले मात्र इतिहासको ठोस विश्लेषण गर्न सक्दछ । इतिहासको ठोस विष्लेशण गर्न सक्नेले मात्र वर्तमानप्रति न्याय र भविष्यप्रति आशावादिता जगाउन सक्दछ ।

बिहिबार, ०८ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर