विराटनगर । कोभिड–१९ को संक्रमणबाट बच्न स्वास्थ्यकर्मी र नगर प्रहरीलाई मातृकाप्रसाद कोइराला स्मृति प्रष्ठिानले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) सहितकाकोइराला स्मृति प्रष्ठिानले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) सहितका सामग्री वितरण गरेको छ ।
प्रष्ठिनाले विराटनगरस्थित कोशी अस्पतालको कोभिडि –१९ उपचार केन्द्रमा खटिने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा बसेका नगर प्रहरीलाई पिपिइ सहितको सामाग्रि सोमबार वितरण गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष ऋचा कोइरालाको सहयोगमा स्वास्थ्यकर्मी र नगर रक्षकहरूलाई पीपीई वितरण गर्नुभएको हो । उक्त सामग्री चलचित्र निर्देशक केशव रायमाझीले स्वास्थ्यकर्मी र सुरक्षामा खटिने नगर प्रहरीलाई हस्तान्तरण गर्नुभएको थियो । प्रष्ठिानले सहयोग गरेको पीपीई सामग्री विराटनगरस्थित कोशी अस्पताल, अतिथि सदन, कालिमन्दिर, मारवडी सेवा सदनमा खटिने नगर प्रहरीहरूलाई पीपीइ वितरण गरिएको थियो ।
कोभिड–१९ को संकास्पद बिरामीको परीक्षणका लागि अग्रपङ्तिमा रहनुपर्ने स्वास्थ्यकर्मीलाई ध्यानमा राखी सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
आगामी दिनमापनि स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने समग्रीहरू प्रष्ठिनाले वितरण गर्दै जाने अध्यक्ष कोइरालाले बताउनुभयो । सिंगपुर रेडक्रसकी नेपाल प्रतिनिधि कल्पना क्षेत्री, प्रारम्भ नेपालका निर्देशक बद्रीराज तिमिलसेना, गयीका आनी छोइङ डोल्माका पहलमा उक्त पीपीई प्रतिष्ठनालाई उपलब्ध भएको थियो ।