कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको थियो ।

महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो । निमोनियाले पीडित उनको स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो ।

बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।

योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक,, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक जनाको मृत्यु भएको छ। गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।

बुधबार, ०३ असार, २०७७, बिहानको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर