बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या १७ पुग्यो

काठमाडौं । पर्सामा वेवारिसे अवस्थामा फेला परेको शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना खुलेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो ।

बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो । मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको रायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिनुभयो ।

शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

शनिबार, ३१ जेठ, २०७७, बिहानको ०८:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर