जागिरबाट निकालिएपछि आफ्नै शरीरमा आगो लगाएर आत्महत्या

काठमाडौं । अछामको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको उपचारको क्रममा मृत्यु भएको छ।

साँफेबगर नगरपालिका ६का सिद्धार्थ आउजीको सोमबार साँझ कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको हो ।

साँफेबगरकी उपमेयर बीरमलादेवी बुड्थापाले युवकको मृत्यु भइसकेको खबर पाएको बताउनुभयो । सोमबार बिहान आउजीले बयालपाटा अस्पताल परिसरमा आफैंमाथि आगो लगाएका थिए। उनी सो अस्पतालका सरसफाइ गर्ने कर्मचारी थिए।

आगो लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्जमा पठाइएको थियो । अस्पताल पुर्‍याएको आधा घन्टामा उनको मृत्यु भएको बताइएको छ ।

अस्पतालले आर्थिक संकट भएको भन्दै उनी लगायत ३२ कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिना अगाडि नै निकालेको थियो ।

सोमबार, २६ जेठ, २०७७, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर