विराटनगर । १५ औँ संस्करणको प्याब्सन स्पोर्ट्स मिटअन्तर्गत भएको क्रिकेट प्रतियोगितामा विराटनगरको सगरमाथा स्कुल र पथरीको रेडस्टार स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विराटनगर जुटमिलको खेल मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा सगरमाथा स्कुलले ब्राइट फ्युचर स्कुललाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
त्यस्तै, सोही दिन भएको दोस्रो खेलमा रेडस्टार स्कुलले नोबेल एजुकेसन स्कुललाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।




अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!