राजश्व छलेर ल्याइएका सामानसहित तीन सवारी साधन नियन्त्रणमा

राजश्व छलेर ल्याइएका सामानसहित तीन सवारी साधन नियन्त्रणमा

विराटनगर । राजशव छलेर आयात गरीको सामानसहित प्रहरीले झापाबाट तीन वटा सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले उक्त सवारी साधनमा लोड भएका सामान बरामद गरेको छ ।

चेकजाँचको क्रममा मे.१ च. ६८९२, प्र.१–०१–००१ च. ७५२४ र मे. १ च. ४०४५ नम्बरका तीन वटा गाडी रोकेर चेकजाँच गर्दा हिजो अवैध सामान लोड गरेको पाइएपछि सवारी साधन नियन्त्रण्मा लिइएको थियो । प्रहरीले गाडीमा लोड भएको ठूलो परिमाणमा रक्सी लगायतका सामग्री बरामद भएको जनाएको छ ।

बच्चाको डाइपर ४१ कार्टुन, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ काटुन, चुलबुल लेखिएको रक्सी २०० कार्टुन, गोर्खा बियर १५० काटुन, ओरियो बिस्कुट १६ काटुन, सेलो र विकुल लेखिएको खाने तेल ८० कार्टुन नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अर्जुनधारा–११ बस्ने ४३ वर्षीय दिलिप खड्का, अर्जुनधारा–५ बस्ने ५४ वर्षीय राजाराम खड्का र भद्रपुर–१ बस्ने ४७ वर्षीय उदेन राई सहितलाई पक्राउ गरी राजस्व कार्यालय इटहरीमा बुझाएको जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्