विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । राति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो । उनी कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत थिए ।
प्रहरीका अनुसार, गएराति करिब साढे १२ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा दुर्घटनामा परेका थिए ।
उनी सवार रहेको बा. प्र.०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएको र विराट नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु प्रहरीले जनाएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!