जनार्दन शर्माको पार्टीमा लागेका कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज हुने

जनार्दन शर्माको पार्टीमा लागेका कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज हुने

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा पदत्यागसँगै सांसद पदबाट समेत हटाउने सिफारिस गरिएको छ।

बुधबार पार्टीको संसदीय दलले कारबाही गर्ने जानकारी पाएपछि दलको नेताबाट राजीनामा दिएका शर्मालाई प्रदेश सभा सदस्य नै नरहने गरी कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको हो।

माओवादी केन्द्र कर्णालीका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार दलको आजको बैठकले शर्मालाई प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस गर्ने निर्णय गरेको हो। शर्माले संसदीय दलको नेताबाट दिएको राजीनामा पनि स्वीकृत भएको छ। दलले छिट्टै नयाँ नेता चयन गर्ने तयारी गरेको बताइएको छ।

शर्माले प्रमुख सचेतक जिसीलाई ह्वाट्स एपमार्फत राजीनामा पठाएका थिए। उनले राजीनामा पत्रमा आफूले कर्णाली प्रदेश सभा दल नेताको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट निर्वाचित प्रदेश सांसद हुन्। उनी माओवादी नेता जनार्दन शर्माका भाइ नाताका हुन्।

पछिल्लो समय प्रचण्डसँग दूरी बढाउँदै जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ खुलेपछि उनले दलको नेताबाट राजीनामा दिएका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्