एनपिएल : लुम्बिनी लायन्सद्वारा विराटनगर किङ्स ५ विकेटले पराजित

एनपिएल : लुम्बिनी लायन्सद्वारा विराटनगर किङ्स ५ विकेटले पराजित

काठमाडौं । किर्तिपुरस्थित त्रिविवि क्रिकेट स्टेडियममा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर पराजित बनेको छ । विराटनगर किङ्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य लुम्बिनीले ५ विकेटको क्षतिमा १७.४ ओभरमै भेट्टायो ।

यो जितसँगै लुम्बिनीले ६ खेलमा तेस्रो जित निकालेको हो । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल जनकपुर बोल्ट्ससँग शुक्रबार खेल्नेछ । उक्त खेल जित्दै अन्य खेलको नितजा आफू अनुकुल आएमा लुम्बिनी प्लेअफ पुग्नेछ ।

अर्कोतर्फ विराटनगरले भने ६ खेलमा दोस्रो हार व्यहोरेको छ । ६ खेलबाट ८ अंक रहेको विराटनगर तेस्रो स्थानमा छ । तर, विराटनगरले लिगमा आफ्नो अन्तिम खेल आउने शनिवार प्लेअफ पुगिसकेको सुदूरपश्चिम रोयल्सँग खेल्नेछ । त्यसअघि हुने अन्य खेलको नतिजापछि विराटनगरलाई प्लेअफ पुग्न कस्तो नतिजा चाहिन्छ थाहा हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्