सशस्त्रले नियन्त्रणमा लियो डेढ क्विन्टल गाँजा

सशस्त्रले नियन्त्रणमा लियो डेढ क्विन्टल गाँजा

विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट गोली चलाएर डेढ क्विन्टल बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले बिहीबार बिहान इनरुवा नगरपालिका–७ चाँदवेलाबाट एक क्विन्टल ५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको हो ।

चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेकोे बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको गाँजा फेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जबाट खटिएको सुरक्षा फौजले गाँजा नियन्त्रणमा लिएको हो ।

गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो । नियन्त्रणमा लिइएका चौधरी स्कारपियो गाडीका चालक हुन् । गाँजा बोकेर ल्याउँदै गरेको गाडीलाई अरू मोटरसाइकलले स्टर्किङ गरेको थियो । मोटरसाईकल चालक भने फरार भएको सशस्त्रले जनाएको छ ।

चौधरीलाई बरामद गाँजा तथा गाडी र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्रले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्