दैलेखमा एकैदिन १०५ संक्रमित थपिए

विराटनगर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार दैलेखका १०५ र मुगुका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

संक्रमितहरु १०१ जना पुरुष र ५ जना महिला रहेका छन् । पछिल्लो समय कर्णाली प्रदेशमा संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । कर्णाली प्रदेशमा अरु प्रदेशको तुलनामा ढिलागरी संक्रमण देखिएपनि भारतबाट आएकाहरु प्रदेशमा भित्रिएसँगै संक्रमित पनि थपिँदै गएका छन् ।

हालसम्म कर्णालीमा ३८४ जनामा संक्रमण पुष्टि भइसकेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

बिहिबार, २२ जेठ, २०७७, दिउँसोको ०३:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर