सुर्यनारायण चौधरी
मरेर के लानु छ र ? बाँचुन्जेल सकेको सहयोग गरौं ।
मरेपछिको स्वर्ग कसले देखेको छ र ? बाँचुन्जेल खुसी रहन सिकौं ।।
दुःखमा परेका मानिसहरुलाई केहि सहयोग गर्न पाउदा हामी खुसी हुन्छौ र यस्ता खुसीहरुले हामीलाई आत्मसन्तुष्टि दिन्छन् । आत्मसन्तुष्टि नै जीवनको सबै भन्दा ठुलो उपलब्धी हो, यसले नै हामीलाई बाँच्नका लागि प्रेरित गर्छ । प्रेम, आत्मसन्तुष्टि, आत्मसम्मान र सदभावले मानब जीवनलाई जीवन्त बनाइरहन्छ । जीवनको अर्थ र उदेश्य देखाई सहि मार्गदर्शन गरिरहन्छ्र । असल कर्मले मृत्यु पछि पनि उदाहरणिय र अनुकरणिय बनाउन मद्दत गर्छन । ‘लेडि विथ लेम्प’ फ्लोरेन्स नाइँटिगेल, र मदर टेरेसा यस्तै कर्मबिरहरु हुन्, जसको कर्मले अरुको प्रेरणा बनेका छन् भन्दा फरक नपर्ला ।
लायन्स क्लब मानवीय धर्म, आस्था र मर्मलाइ आत्मसाथ गर्दै निःस्वार्थ भावले समाजमा सेवा गर्ने एक अन्तराष्ट्रिय समाजिक संस्था हो । कमजोर अनि दुःख वा पिडामा रहेका व्यक्तिहरुलाई आफ्नो खुसीले सहयोग गर्ने र सहयोगको वातावरण श्रृजना गर्दै मानव सेवालाई नै आधार बनाएर ‘वि सर्भ’ अर्थात हामी सेवा गर्छौ नारा दिएको यस अन्तराष्ट्रिय समाजिक संस्थाको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ । २ सय भन्दा बढि देशहरुमा फैलिएर रहेका अन्तराष्ट्रिय लायन्स क्लब अन्तर्गत ४६ हजार क्लब र करिव १४ लाख सदस्यहरु रहेका छन् । राजनितिक, धार्मिक तथा जातिय वा बर्गिय भेदभाव माथि रहेर सामाजिक सेवा गर्ने विश्वकै सबै भन्दा ठुलो र व्यवस्थित संस्थाका रुपमा परिचित लायन्स क्लबको स्थापना सन् १९१७ जुन ७ मा मेल्भिन जोन्सले गरेका हुन् । यस संस्थाको सदस्य बन्न क्लबका नियमहरुको पालना गर्दै अनि समाजिक कार्यमा सहभागी जनाउने प्रतिबद्धता सहित बार्षिक शुल्क तिर्नुपर्छ । लायन्स क्लबको युथ प्रोजेक्ट लियो क्लब हो । सामाजिक सेवाका लागि संगठित भई, समन्वय गरेर एकबद्ध भई अनि नेतृत्व क्षमताको बिकाश गर्दै सामाजिक सेवा गर्नु नै लायन्स र लियोको प्रमुख उदेश्य हो ।
लायन्स क्लब अन्तराष्ट्रियको पहिलो सम्मेलनबाट निर्वाचित प्रेसीडेन्ट डा. डब्लु. पि. वुड हुन् । उनी सन् १९१७÷१८ मा प्रेसिडेन्ट भएका थिए । प्रेसिडेन्टको कार्यकाल १ बर्षको हुन्छ र हाल २०१९÷२०२० को अन्तर्राष्ट्रिय प्रेसिडेन्ट कोरियाका डा. जुन युल चौई हुन् । अन्तराष्ट्रिय लायन्स क्लबका सात वटा संबैधानिक क्षेत्रहरु छन् । लायन्स अर्थात ‘एल’ को पूर्ण अर्थ लिबर्टी अर्थात स्वतंत्र, ‘आई’ बाट ईन्टेलिजेन्स अर्थात बौद्धिक, ‘ओ’ बाट आवर अर्थात हाम्रो, ‘एन’ बाट नेशन अर्थात राष्ट्र र ‘एस’ बाट सेफ्टी अर्थात सुरक्षित भन्न खोजिएको हो ।
नेपालमा लायन्स क्लबको छोटो इतिहास
नेपालमा १९७१ मा ‘लायन्स क्लब अफ बिराटनगर’को स्थापना स्व. मात्रिका प्रसाद कोइरालाले गरेका हुन् । उनको अगुवाईमा नेपालको बिराटनगरमा स्थापना भएको सो क्लब नै नेपालको पहिलो क्लब हुन् जुन लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२२ अन्तर्गत रहेको थियो । नेपालले अन्तराष्ट्रिय लायन्सक्लबमा छुट्टै डिस्ट्रिक्ट ३२५ सन् १९८७ मा प्राप्त गर्यो र पहिलो डिस्ट्रीक्ट गोभर्नर लायन प्रो. अन्जलीकुमार शर्मा बन्न सफल भए । हाल नेपालमा चार वटा डिस्ट्रिक्टहरु (३२५ ए १, ३२५ ए २, ३२५ बि १, र ३२५ बि २) रहेका छ्न् । यी चार वटा डिस्ट्रिक्टहरुलाई समन्वय गरि अगाडि बढाउने काम मल्टिपल काउन्सिलले गरिरहेको छ । हाल मल्टिपल काउन्सिलका अध्यक्ष लायन सुनिल ओझा हुन् । यसैगरि डिस्ट्रीक्ट ३२५ ए वान का गभर्नर लायन राजन खत्री, डिस्ट्रिक्ट ३२५ ए २ का गभर्नर लायन शोभा जोशी, डिस्ट्रीक्ट ३२५ बि वानका गभर्नर इन्दु लम्साल र डिस्ट्रिक ३२५ बि २ का गभर्नर लायन अनुप पहारी हुन् । अब आउने कार्यकाल २०२०÷२१ को लागि इलेक्ट मल्टिपल काउन्सिल अध्यक्ष लायन राजन खत्री हुन् र उनको कार्यकाल जुलाई १ देखि शुरु हुन्छ । नेपालको पहिलो अन्तराष्टिय निर्देशक लायन संजय खेतान हुन । नेपालमा हाल सम्ममा १ हजार २ सय ७३ लायन्स क्लबहरु छन् भने ३३ हजार ७ सय ६२ लायन्स सदस्यहरु रहेका छन् ।
नेपालमा केहि लायन्सका प्रमुख परियोजाना तथा कार्यहरु
लायन्स क्लबहरुले नेपालमा धेरै सक्रिय रहेका छन् । समय र आवश्यक्ता अनुसार मानव सेवाका लागि सेवात्मक कार्यहरु स्वेमसेवक भई निस्वार्थ रुपले सम्पन्न गरेका छन् । लुम्बिनी सेटलाइट क्लिनिक, विभिन्न ठाउहरुमा लायन्स आँखा अस्पताल, लायन्स दन्त अस्पताल, नेपालगंज लायन्स एकेडेमी जोरपाटी, लायन्स सर्भोदय वृद्ध आश्रम लम्जुंग, विपद अनुदान, मिजल्स रुबेला अभियान अनुदान , ट्राकोमा अनुदान, बिराटेस्वर वृद्धा आश्रम बिराटनगर, भुकम्पबाट छति भएको स्कुलको पुन निर्माणको लागि सहयोग (१७ वटा स्कुल) र लायन्स ब्लड बैक को स्थापना आदि प्रमुख हुन् ।
निस्वार्थ सामाजिक भावले समाजमा सेवा गर्ने लक्ष्य र उदेश्यले विभिन्न क्षेत्रहरुमा लायन्स क्लबहरुले काम गरिरहेको देखिन्छ्र । अन्तराष्ट्रिय अध्यक्ष र डिष्ट्रिक्ट गभर्नर ज्युले राखेको कार्य क्षेत्रलाइ मुलत जोडदिदै हरेक क्लबका अध्यक्षहरुले आफ्ना अग्रज तथा क्लबका सदस्यहरुसंग सल्लाह र सहयोगमा कार्यक्रहरुको योजना बनाउने र सो योजनाका लागि आवश्उक श्रोत, साधनको व्यवस्थापन गर्दै समाजिक कार्यहरु सम्पन्न गर्नु पर्ने हुन्छ । क्लबलाई गतिवान र सक्रिय बनाउन क्लबका अध्यक्ष स्वेम सक्रिय हुनुपर्छ र क्लब सचिबले समयमै गरेको कार्यको प्रतिबेदन बुझाउनु पर्छ्र ।
लायन्सले गर्दै आएका केहि कार्यहरु समाजमा उदहारणीय छन् । बिभिन्न बिषयमा सचेतनाका कार्यहरु, मधुमेह रोग बारे सचेतना तथा परिक्षण, वातावरण सरसफाई, क्यान्सर सचेतना तथा उपचारमा सहयोग, खाद्यान्न वितरण, दृष्टी सम्बंधी सचेतना तथा उपचारमा सहयोग, जनस्वास्थ्यका कार्य, कपि वितरण, विपद को बेलामा खाद्यान्न लगायत अन्य सहयोग, रक्त संकलन, प्रजननृ स्वस्थ्य, मानशिक रोग, महिनाबारी, भुइचालो तथा हावा हुण्डरीपछी तथा अहिले माहामारीको बेला पनि राहत वितरण लागायतका कार्यहरुले समाजमा लायन्सको गरिमा पक्कै पनि बढाएको छ ।
हामी कुनै न कुनै रुपमा सामाजिक कार्यहरु गरिरहेका हुन्छौ । हामीले आफ्नो नेतृत्व क्षमताको बिकाश गरि, समाजमा गरेका सेवाका कार्यहरुलाइ अन्तराष्ट्रियकरण गर्न लायन्सले मद्दत गरेका छन् । एक आपसमा मानवीय सम्बन्धको स्थापना गर्दै सामाजिक सेवाबाट सन्तुष्टि प्राप्त गर्न विश्वकै सबै भन्दा ठुलो सामाजिक संस्था लायन्समा आबद्ध भई असहाय तथा दीनदुःखीहरुलाई आफुले सकेको सहयोग गरिरहेका सबै लायन्सहरुप्रति सम्मान अनि सम्पुर्ण समाजसेवीहरुलाई यसका सदस्य बन्न आब्हान ।।
(लेखक लायन्स क्लब अफ विराटनगर मोरङका अध्यक्ष (२०१९/२०२०) हुन्)
we serve
THANK YOU