बाबुराम–जनार्दनको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

बाबुराम–जनार्दनको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

विराटनगर । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति, तत्कालीन माओवादी केन्द्र छाडेका जर्नादन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियारले नयाँ पार्टी घोषणा गरेका छन् ।

कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गरे । उनी पार्टीको अभिभावकीय भूमिकामा रहने बताइएको छ ।

राष्ट्रिय सभागृहमा आज आयोजित एकता घोषणा कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराई लगायतका नेताहरूले पार्टीको नयाँ झण्डा अनावरण गरेका थिए । एकता घोषणा कार्यक्रमलाई दुर्गा सोव, सन्तोष परियार, सुदन किराँती, जनार्दन शर्मा लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।

पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहने बताइएको छ । दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । जुन बाबुरामको नयाँ शक्ति पार्टीको चुनाबचिन्ह हो ।

पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्