रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापा । झापामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका –१५, हेल्दुवारीका ३८ वर्षीय मोटरसाइकल चालक विनोद राउतको मृत्युु भएको हो ।

शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ जाँदै गरेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकल सडक छेउमा रोकेको ट्याक्टरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका राउतको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका छन् । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्